एजेन्सी, १४ असार । कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोडभन्दा बढी मानिस संक्रमित भएका छन् । वल्डोमिटर्सको तथ्याङ्क अनुसार यो समाचार तयार पार्दास्म्म आइतबार बिहान विश्वभर संक्रमितको संख्या १ करोड ८० हजार २२४ पुगेको छ । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख १ हजार २६२ पुगेको छ ।
कोरोना संक्रमणपछि उपचारपछि निको हुनेको संख्या ५४ लाख ५७ हजार ९४५ पुगेको छ भने ४१ लाख २१ हजार १७ मानिसको उपचार भइरहेको छ । उपचाररथ मध्ये ५७ हजार ७४८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
एसियाली देशहरुमा ५३ हजार ८७२ जनाको मृत्यु भएको छ । २१ लाख ६४ हजार ६४४ जना संक्रमित भएकोमा १४ लाख ४ हजार ५८७ जना संक्रमणमुक्त भएका छन् ।कोरोना भाइरसका कारण युरोपियन देशहरूमा १ लाख ९० हजार ४६९ जनाको मृत्यु भएको छ । त्यहाँ २४ लाख १ हजार ४५२ जना संक्रमित भएकोमा १३ लाख ४१ हजार ३८४ जना निको भएका छन् ।
दक्षिण अमेरिकी देशहरूमा ८१ हजार २०६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८०८ जना निको भएका छन् । उत्तर अमेरिकी देशहरुमा १ लाख ६५ हजार १०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना निको भएका छन् ।
ओसिनियाका देशहरुमा १२६ जनाको मृत्यु भएको छ । ९ हजार २७३ जना संक्रमित भएकोमा ८ हजार ५७० जना निको भएका छन् । अफ्रिकी मुलुकहरुमा ९ हजार ५१९ जनाको ज्यान गएको छ भने ३ लाख ७४ हजार ५९६ संक्रमित छन् । संक्रमितमध्ये १ लाख ८१ हजार १७९ जना निको भएका छन् ।
विश्वमा सबैभन्दा बढी कोरोना भाइरसबाट प्रभावित भएको अमेरिकामा २५ लाख ९६ हजार ५३७ जना कोरोना संक्रमित भएका छन् । कोरोनाबाट १ लाख २८ हजार १५२ जनाको मृत्यु भईसकेको छ भने १० लाख ८१ हजार ४३७ जना निको भईसकेका छन् ।
प्रतिक्रिया