प्रदेश

आज जननेता मदन भण्डारीको ६९ औँ जन्म जयन्ती



काठमाडौं, १४ असार । तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको आज ६९ औँ जन्म जयन्ती देशभर मनाइँदैछ । नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी  भण्डारी जनतामाझ लोकप्रिय भएका थिए । भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । 

        भण्डारीले २०४८ सालको महाधिवेशनमा पेश गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको थियो । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो ।

        उनको दुर्घटनामा परी निधन भएको भन्दा नेपालीहरु विश्वास गर्दैनन् । उक्त घटनालाई लिएर विभिन्न थरिका कुराहरु आएपनि अहिलेसम्म यही नै भएको हो भनेर भन्ने अवस्था छैन ।

        यसैबीच जन्म जयन्तीको अवसरमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धासुमनसहित मदनकै बाटोमा अघि बढ्ने प्रण गरेका छन् । सशस्त्र जनयुद्धको अनुभवपछि गत जेठ ३ गते भण्डारीको निधन भएको दिन एमाले र नेकपा (माओवादी केन्द्र)को एकता भई हालको नेकपा गठन भएको थियो ।

प्रकाशित : १४ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६