प्रदेश

गोरखा पुग्यो सलह



गोर्खा, १४ असार । शनिबार कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, सर्लाही लगायतका तराईका जिल्लाहरूबाट प्रवेश गरेको सलहको झुण्ड गोरखाको बारपाकसम्म पुगेको छ। सलह शनिबार पाल्पामा पनि देखा परेको बताइएको छ ।  गोरखाको सुलिकोट बारपाक गाउँपालिका–७ का वडाध्यक्ष कृष्ण गुरूङले गाउँपालिकामा सलह कीराको एक हुल देखिन आएको जानकारी दिएका छन्।​​ पहाडी जिल्लाहमा समेत सलह कीरा  फैलिएपछि स्थानीयहरू चिन्तित बनेका छन्। 

         नेपालमा सलह नियन्त्रणका लागि नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले पाँच प्रकारका विषादी सिफारिस गरेको छ। मालाथियन, ल्याम्डा साइहेलोथ्रीन, क्लोरपाइरिफोस र डेल्टामेथ्रीन सिफारिस गरेको छ ।

         यी विषाधीहरु प्रयोग गरी सलह नियन्त्रण गर्न सकिने नार्क अन्तर्गत किट विज्ञान महाशाखाका प्रमुख डा. प्रेमनिधी शर्माले बताउनुभयो ।  प्रतिलिटर पानीमा छुट्टाछुट्टै ३ मिलिलिटर मालाथियन, ल्याम्डा साइहेलोथ्रीन ०.७० मिलिलिटर, क्लोरपाइरिफोस १.८८ मिलिलिटर र डेल्टामेथ्रीन ०.७५ मिलिलिटर मिसाएर  बालीमा छर्के सलहबाट हुने क्षति कम गर्न सकिने कृषिविज्ञहरूले बताएका छन् ।

        विषादी प्रयोग नगरेको खण्डमा खेतबारीमा गएर विभिन्न आवाज निकालेर त्यसलाई धपाउने र सानो क्षेत्रमा बोट विरुवा वा बाली लगाएको छ भने झुल वा जालीको प्रयोग गर्नुपर्ने विज्ञको सुझाव  दिएका छन् । कोरोना कहरका बीच खेतबारीमा राखिएको धानको ब्याड र फल्ने र पाक्ने क्रममा रहेका तरकारी र मकैलगायत अन्नबाली जोगाउन मुस्किल पर्ने देखिएको भन्दै कृषकहरु चिन्तित बनेका छन् । ५ नं. प्रदेश सरकारले सलह छोपरे ल्याउने लाई प्रति किलो २० रुपैयाँका दरले भुक्तानी दिने बताएको छ । प्रदेश सरकारले स्थानीय तहका वडा कार्यालयमा सलह ल्याएको खण्डमा किलोको २० रुपैयाँका दरले भुक्तानी दिने जनाएको छ ।

प्रकाशित : १४ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६