प्रदेश

हिजो, आज र भोलीको नेकपा मदन कै सिद्धान्त वरिपरी :अधिकारी




कपिलवस्तु १४ असार । तत्कालिन नेकपा एमालेका महासचिव स्वर्गिय मदन भण्डारीको ६९ औं जन्मोत्सवका अवसरमा मदन भण्डाराी बौद्धिक मञ्च कपिलवस्तुले बृक्षा रोपण एवम अन्तरकृया सम्पन्न गरेकोछ। कपिलवस्तुको शिद्धार्थ क्याम्पस बाणगंगामा सम्पन्न बृक्षा रोपण कार्यक्रममा विभिन्न प्रजातीका ५० थान विरुवा रोपिएको थियो ।


        तत पश्चात भएको नेपाली राजनीतिमा मदन भण्डारीको योगदान केन्द्रित अन्तरकृयामा बोल्दै  नेकपा प्रदेश ५ का सदस्य एवम कार्यलय सचिव बलराम अधिकारीले मदनकै सिद्धान्त जनताको बहुदलिय जनवादका कारण यतिबेला नेकपाको  स्थिर सरकार देशले पाएको वताउनु भयो । उहाले भन्नु भयो हिजो आज र भोलीको कम्युनिष्ट आन्दोलन मदनकै सिद्धान्तवाट अघि बढ्नुको विकल्प छैन । 


    यस्तै नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले भन्नु भयो मदन भण्डारीको सिद्धान्तले नेपालमा त कम्युनिष्ट पार्टीकै नेतृत्वमा करिव २ तिहाईको सरकार स्थापना भयो यसले विश्वमा पनि प्रभाव पारेर नयाँ दिशा प्रदान गरयो। उहाले मदन भण्डारीको रहस्यमय हत्याको छानविनको औचित्य वाँकी रहेको वताउनु भयो । 

    नेकपाका प्रदेश नेता कृष्ण पौडेलले बोल्दै माओवादी र एमाले बीच एकता भएपछि पनि पार्टीको कार्यनीति जनताको वहुदलिय जनतावादकै आधारमा निर्देशीत भएको स्पष्ट पार्नु भयो । उहाले मदन भण्डारीले प्रतिपादन गरेको जवज नेकपा सहितका विश्व कम्युनिष्ट आन्दोलनको नयाँ किरण भएको वताउनु भयो । 


    मदन भण्डारी बौद्धिक मञ्च कपिलवस्तुका अध्यक्ष कविराज भुसालको अध्यक्षता र सचिव रोमाकान्त घिमिरेको संचालनमा  भएको कार्यक्रममा बौद्धिक मञ्च प्रदेश ५ का अध्यक्ष धर्मराज भुसालले मदन भण्डारीको योगदान वारे विस्तृत चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेकपाका जिल्ला नेता डम्मर शर्मा , विभिन्न जनसंगठन तथा पेशागत संगठनका जिल्ला नेता एवम कार्यकर्ताको सहभागिता थियो । 

प्रकाशित : १४ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६