कपिलवस्तु १५ असार । मकवानपुरको हेटौँडामा हत्या भएकी कपिलवस्तु बाणगंगाकी सुस्मिता थापाको हत्या भएको १३ औँ दिनमा आइतबार मैनवत्ति प्रज्वलन भएको छ । १३ औँ दिनको अवसर पारेर हत्यारालाई सार्वजनिक गर्न माग गर्दै घरमा मैनवत्ति प्रज्वलन गरिएको हो । सुस्मिताको हत्या भएको आईतबार १३ दिन पुगेको छ । महिला अधिकारकर्मीको आयोजनामा भएको सो अनौपचारिक कार्यक्रममा सयौँको स्थानीयको सहभागिता थियो । सुस्मिताकी आमा लक्ष्मी केसीले छोरीको हत्यारालाई चाँडो सार्वजनिक गर्न माग गर्नुभयो ।
महिला अधिकारकर्मी तथा वडा नम्बर ८ की वडा सदस्य गीता भुसालले देश नै सुस्मिताको न्यायको पक्षमा रहेकाले हत्याराले उन्मुक्ति पाउन नसक्ने बताउनु भयो । सुस्मिताका ठुला बुबा हुम बहादुर थापाले हत्यारालाई हदैसम्मको सजायको माग गर्नुभएको छ । हत्यारालाई कानुनी कठघरामा नल्याएसम्म न्यायको आवाज बन्द नहुने पनि उहाँले बताउनु भएको छ ।
प्रतिक्रिया