कपिलवस्तु ,असार १४ । नक्कली गरिमा धानको बिउका कारण गत बर्ष लाखौ मूल्यको क्षति ब्यहोर्न बाध्य कपिलवस्तु बाणगंगाका कृषकहरुले राहत भएका छन । १७ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको अबसरमा पिडित कृषकलाई सरकारले लागत मूल्यको २० प्रतिशत राहत स्थानीय तहमा पठाए पछि नगरका २१ जना पिडित कृषकले राहत पाएका हुन । कृषि तथा पशुपंछी बिकास मन्त्रालयले पिडित किसानका लागि राहत दिने निर्णय गरिसके पछि तत्कालका लागि सरकारले लागत मूल्यको २० प्रतिशत राहत स्थानीय तहलाई पठाएको बाणगंगा नगरका कृषि शाखा प्रमुख लेश बहादुर केशीले बताउनुभयो । नगरका भित्र करिब १ सय ६७ कठ्ठामा गरिमा धानको बिउ लगाएको अनुमानित क्षेत्रफल मध्ये ९४ केजि बिउ खरिद गरेका थिए । त्यसको २० प्रतिशत गर्दा २१ पिडित कृषकहरुलाई गरि १ लाख १७ हजार नगद स्वारुप राहत दिएको उहाको भनाई छ ।
वि. सं. २०७६ वैशाख ११ मा सुचित बिउ बिजन पैठारी अनुमतिपत्र प्राप्त गरि सनराईजले भारतको हैदरावाद स्थित रिनोभा सिड साईन्स इन्डीया प्रा.लि बाट गरिमा जातका वर्णशंकर धानको जात आयात गरि नेपालका विभिन्न क्षेत्रहरुमा विक्रि वितरण गरेको थियो । पाक्ने बेलामा बाला नलागे पछि कृषकले बाध्य भएपछि खेतबारीमै आगो समेत लगाएका थिए । यता राहत पाएपछि बाणगंगा ७ ढोडेखोलका कृषक कृष्ण बहादुर सापकोटाले सकारले यति रकम भएपनि हातमा राखिदिदा निकै खुसी लागेको प्रतिक्रिय दिनुभयो । नगरका प्रमुख प्रशासकिय अधिकृत चूरामणी पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नगरका प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता ,शिक्षा शाखा प्रमुख बाबुराम भट्राई ,प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना परियोजना कार्यान्वयन ईकाई कपिलवस्तुका प्रमुख भाष्कर पौडेल ,नगर जनप्रतिनिधि ,कर्मचारी लगाएतको आतिथ्यता भएको कार्यक्रमको सञ्चालन कृषि शाखा अधिकृत धनिराम आचार्यले गर्नुभएको थियो ।
प्रतिक्रिया