प्रदेश

आम्दा अस्पताललाई अटोमेटिक हात धुने मसिन



बुटवल १५असार  । रुपन्देही व्यापार संघ अन्तरगतको कस्मेटिक तथा गिफ्ट उपसमितिले बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दालाई अटोमेटिक हेण्डवास वेसिन सेट (हात धुने मेसिन) प्रदान गरेको छ । बिश्वब्यापी महामारीका रुपमा फैलिईरहेको कोरोना भाईरसको नियन्त्रण र रोकथाममा सहयोग पुराउने उद्देश्यले अस्पतालमा ह्याण्डवासहितको वेसिन सेट प्रदान गरिएको कस्मेटिक तथा गिफ्ट उपसमितिका संयोजक नियामत अलिले बताए । 

        स्वचालित प्रविधि जडान गरिएको सो वेसिन सेट अस्पतालका मेसु डा. राजेन्द्र वस्याल र डा. सन्तोष पोखरेललाई हस्तान्तरण गर्दै रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले अस्पतालको बाल सेवा विभाग ब्लकको गेटमा जडान गरिएको सो वासिङ्ग सेटको सदुपयोग भएमा कोरोना नियन्त्रणमा सघाउ पुग्ने बताए । अध्यक्ष लोहनीले संपूर्ण जनजिवन अस्तव्यस्त बनाउने गरि आएको कोरोना संक्रमणबाट बच्न सामाजिक जनचेतनाको जरुरी रहेको बताउदै जनताको ज्यूज्यानको सुरक्षालाई ध्यान दिदै कस्मेटिक तथा गिफ्ट उपसमितिले राखेको हात धुने मेसिनबाट अस्पतालमा आउने व्यक्तिहरुलाई सुरक्षित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेकाथिए ।     अस्पतालका चिकित्सकहरु मेसु डा. राजेन्द्र बस्याल र डा. सन्तोष पोखरेलले कोरोना भाईरसबाट बच्न र संक्रमण रोक्नका लागि हात धुने कुरा मत्वपूर्ण रहेको हुदा त्यसमा व्यापार संघले गरेको सहयोगप्रति आभार व्यक्त गरेका थिए । अस्पताललाई प्राप्त सहयोगको सहि सदुपयोग गर्ने कुरामा प्रशासन गम्भिर बन्ने बताउदै चिकित्सकहरुले आम्दा अस्पताल सामाजकै सहयोगमा सञ्चालन भएको अस्पताल भएका कारण सबैको हातेमालो जरुरी भएको धारणा राखेका थिए । 

        कस्मेटिक तथा गिफ्ट उपसमितिका संयोजक नियामत अलिले आफ्नो जन्मदिनका अवसरमा हेण्डवास मेसिन बितरण गर्न पाउदा खुशी ब्यक्त गर्दै अस्पतालको बिकासमा सानो सहयोग पुराउन पाएकोमा आभार ब्यक्त गरेका थिए । समितिका सचिव विनोद सुवेदी, सदस्य सरोज ज्ञवाली, कार्यक्रम संयोजक मनमोहन गुभाजु, पत्रकार सुमन अधिकारी, हरिश ढकाल, मिना ढकालसहित उपसमितिका पदाधिकारी, सदस्य तथा अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो । 

प्रकाशित : १५ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६