रुपन्देही १५ असार । आइसियूमा उपचाररत ३ जनाले कोरोना जितेर घर फर्किएकाछन् । अझै २ जना आइसियू मै रहेका छन् । बुटवलको कोरोना विशेष आईसोलेसन अस्पतालबाट डेंगीसंगै कोरोनाको समेत संक्रमण पुष्टि भएका दाङका युवा सहित सातजना व्यक्तिहरु कोरोना मुक्त भएर घर फर्किएका छन् ।सोमबार कोरोना जितेर घर फर्किनेमध्ये दुईजना दाङका र एकजना रुपन्देहीका गरि तिनजना आईसियूमा भर्ना भएका थिए भने चारजना आईसोलेसनमा रही उपचाररत थिए ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले प्रेसपाटीलाई दिएको जानकारी अनुसार कोरोनासंगै डेंगीको समेत संक्रमण देखिएका दाङको बबई गाउंपालिका वडा नं। ६ का ३० वर्षिय युवा सोमबार कोरोना मुक्त भएर घर फर्किएका हुन् ।त्यस्तै आईसोलेसनमा भर्ना भएका दुईजना पश्चिम नवलपरासीका हुन् । यस्तै कपिलवस्तु र गुल्मीका एकएकजना व्यक्ति पनि कोरोना मुक्त भएर घर फर्किएका हुन् । हाल आईसोलेसन अस्पतालमा ८ र आईसियूमा दुईजना संक्रमित उपचाररत रहेका छन् ।
प्रतिक्रिया