कपिलवस्तु, १६ असार । भारत हुँदै शनिवार नेपाल प्रवेश गरेका शत्रुजीव सलहका बगालहरु विभिन्न जिल्लामा फैलिसकेका छन् । भारतको राजस्थानमा वंशवृद्धि गरेको र सोही पुस्ताको सलह नेपालसम्म आइपुगेको अनुमान कीटविज्ञहरूले गरेका छन् । शनिवार पूर्वी तराईका बारा, पर्सा र रुपन्देही लगायतका जिल्लाबाट प्रवेश गरेका थिए सलह । अहिले कपिलवस्तुमा सबैभन्दा ठूलो बगाल देखा गरेको कृषि विद्हरुले बताएका छन् । शत्रजीव सलह किराले कपिलवस्तुको बुद्धभूमि र कपिलवस्तु नगरपालिका लगाइएको तरकारी बाली सखाप पारेर वितण्डा मच्चाएको छ। सलहले दुई पालिकामा गरी करिब करिब १५० हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबाली खाएर नोक्सान पु¥याको छ। बुद्धभूमि– १० का चेतरादेई, लोहरौला, मोतिनगर, भगवानपुर तथा कपिलवस्तु नगरपालिका–६ तिलौराकोट लगायतका क्षेत्रमा तरकारी खेतीमा नोक्सान पुर्याएको छ।
सलहले बोडी, करेला, घिरौँला, लौका र बदाम लगायत बालीका पात खाएर ठूलो क्षेति पु¥याएको छ भने बुद्धभूमिका कतिपय स्थानहरुमा भर्खरै रोपेको धानमा पनि नोक्सान पु¥याएको छ । कपिलवस्तु नगरपालिका ६ तिलौराकोटमा पनि धेरै नोक्सानी पुर्याएको तरकारी जोनका संयोजक मुस्कान केबटले बताउनुभयो । केवटका अनुसार कपिलवस्तु र बुद्धभूमि नगरपालिका आसपासका क्षेत्रमा ५०० हेक्टरमा तरकारी उत्पादन हुन्छ, जसमध्ये १५० हेक्टरभन्दा बढीमा लगाइएको तरकारी बालीमा सलहले क्षति पु¥याएको छ ।
अफ्रिकाबाट पश्चिम एशिया, इरान, पाकिस्तान र भारत हुँदै नेपाल आइपुगेको सलहले विभिन्न स्थानमा वंशवृद्धि गरेको कीटविज्ञहरूले बताएका छन् । साहारा मरुभूमिमा उत्पत्ति भएको सलहले पश्चिम एशियाका विभिन्न मरुभूमिमा र त्यसपछि इरानको मरुभूमिमा फुल पारेर सन्तान बढाएका हुन् ।
अफ्रिकादेखि नेपालसम्म आइपुग्दा विभिन्न स्थानमा वंशवृद्धि गरेको भनिएको सलहले नेपालमा पनि प्रजनन गर्ने र बालीनाली सखापै पार्ने हो कि भन्ने चिन्ता आम नेपालीमा छ अहिले । कीटविज्ञले भने नेपालमा शत्रु जीव सलहले वंशवृद्धि गर्ने सम्भावना न्यून भएको बताएका छन् ।
यी हुन् शत्रु जीव सलहले नेपालमा बंश बृद्धि नगर्ने तीन कारणहरु
१. मरुभूमिमा मात्र वंशवृद्धि गर्ने:
भारत हुँदै नेपालमा आइपुगेको सलहको प्रकृति नै मरुभूमिमा विकास हुने भएको किटविदहरुले बताएका छन् । सलह सामान्यत तीन महिनासम्म बाँच्छ। तर नेपालमा हाल वयस्क र वयस्क हुने क्रममा रहेका सलहहरु देखा परेका छन् । किट विद् डिल्लीराम शर्माका अनुसार वयस्क सलहले अण्डा पार्ने सम्भावना हुन्छ। तर नेपालमा अहिले आएका सलहले अण्डा पार्ने सम्भावना कम रहेको उहाँको तर्क छ । अण्डा पार्न नसकेपछि वयस्क सलहहरू १० दिनभित्र मर्ने र वयस्क हुने क्रममा सलह चाहिँ तीनदेखि चारसातासम्म बाँच्न सक्छन् । जति समय नेपालमा रहे पनि यसले यहाँ वंश विकास गर्न सक्दैन। अण्डा पार्न यहाँबाट नजिकैको मरुभूमि राजस्थान नै पुग्नु पर्ने किटविदहरुले दाबी गरेका छन् । सलहको स्वभाव बालुवाभित्र केही तल फुल पार्ने हुन्छ । नेपालको माटोमा त्यसरी भित्र फुल पार्न नसक्ने कृषि विद एवम् किटविदहरुले दाबी गरेका छन् ।
२ शत्रु जीव सलहले नेपालमा फुल पारे पनि वंशवृद्धि हुने सम्भावना अत्यन्त न्यून हुनु
कीटविज्ञहरूका अनुसार सलहले नेपालमा फुल पारे पनि त्यसले जीवनचक्र पूरा गर्ने सम्भावना निकै कम हुन्छ । कीटविज्ञ समुद्रलाल जोशीका अनुसार एक त यहाँ फुल पार्दैन, फुल पार्ने अवस्थामा नेपालबाट यूटर्न अङ्ग्रेजीको यू अक्षरजस्तो गरी गरेर राजस्थानतर्फ फर्किन्छ। यदि सलहले फुल पारिहालेछ भने पनि फुलबाट बच्चा बन्न सक्दैन। बच्चा बनिहाले पनि त्यसलाई रोग लागेर मरिहाल्ने जोशीको दाबी रहेको छ । नेपालको माटोमा फुल पारे पनि त्यसलाई चिसोका कारण कोरल्न नसक्ने किट विद्हरु बताउँछन्।
३. नेपालमा मनसुन सक्रिय रहनु
नेपालमा जारी मनसुनका कारण पनि मरुभूमिमा बंश बृद्धि गर्ने गर्ने र जीवनचक्र चलाउने सम्भावना अत्यन्तै कम रहेको छ । अहिले मनसुन जारी छ, पानी परिरहेको छ, यस्तो हावापानीमा सलहले जीवनचक्र पूरा गर्न सक्दैन, अहिलेको अवस्थामा नेपालको माटो छिचोलेर त्यहाँ फुल पार्ने अवस्था नरहेको कृषि विदहरुको दाबी छ ।
त्यसो त नेपालमा अहिले पानी परिरहेकाले सलहको बगाल पनि तितरबितर भएर आएको छ । यस्तो अवस्थामा हावाको गति कता जान्छ भन्ने पनि हेर्नुपर्ने विज्ञहरूकोले सुझाव दिएका छन् भने फुल पार्न सलहले सकेसम्म मरुभूमितर्फ जान कोसिस गर्ने पनि विज्ञहरूको धारणा रहेको छ ।
प्रतिक्रिया