ब्रेकिंग न्युज

तानसेनमा विद्युतीय सूचनापाटी स्थापना



पाल्पा १६ जेष्ठ । तानसेनको पहिचान दिने गरी श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी स्थापना गर्न लागिएको छ । पाल्पाको पर्यटकीय विकासमा सहयोग पुग्ने गरी सूचनापाटी स्थापना गर्न लागिएको हो । ठूला अक्षरमा अङ्ग्रेजीमा ‘तानसेन’लेखिएको सूचनापाटीको लम्बाइ साढे ४३ मिटर र उचाइ ८ मिटर रहने छ । आठ मिटर नै फराकिलो अक्षर बनाइने छ । सोलारबाट हेलोजिन लाइट बालेर उज्यालो दिइन्छ । स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु ५० लाख बजेटमा तानसेन नगरपालिका–३, श्रीनगरडाँडामा विद्युतीय सूचनापाटी स्थापना गर्न लागिएको हो ।

            यसबाट सिद्धार्थ राजमार्गका यात्रुले सजिलै तानसेन देख्न सक्नेछन् ।संघीय सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले ‘तानसेन विद्युतीय बोर्ड’को अक्षर जडानको सोमबार शुभारम्भ गर्नुभयो । पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र साझेदारी पूर्वाधार विकास कोष कार्यक्रमबाट बोर्ड निर्माण गर्न लागिएको हो । यस खालको संरचनाले पाल्पाको पर्यटकीय क्षेत्रमा थप विकास गरी पर्यटक आकर्षण गर्न सकिने  सांसद पाण्डेयले बताउनुभयो । तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । 

प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६