ब्रेकिंग न्युज

क्यानद्वारा चार समिति विस्तार



काठमाडौँ १६ असार । नेपाल क्रिकेट सङ्घ क्यान ले आफ्ना चार समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो । प्रशान्त विक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टलाई सदस्य बनाइएको नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । यस्तै सञ्जयराज सिंह संयोजक रहेको प्राविधिक समितिमा वीरेन्द्रबहादुर चन्द, अमितवीर पाण्डे, अरुणकुमार अर्याल र सञ्जय गुरुङलाई सदस्यमा मनोनयन गरिएको छ । 

     यसैगरी रोशनकुमार सिंहको संयोजकत्वमा आर्थिक समिति बनाइएको छ । उक्त समितिका सदस्यमा माधव कर्माचार्य र दुर्गाराज पाठक छन् । सञ्चार समितिको संयोजकमा अशोकनाथ प्याकुरेल तथा सदस्यमा भानुभक्त सिग्देललाई सदस्यका रूपमा चयन गरिएको छ । अध्यक्षमा चन्द निर्वाचित भएपछि क्यानको पहिलो बोर्ड बैठकले चार समिति गठन गरेको थियो । “हामीले अन्य समिति बनाउने योजना बनाएका छौँ”, अध्यक्ष चन्दले भन्नुभयो ।

प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६