कपिलवस्तु १६ असार । उधोगी व्यवसायीको ऋणमा व्याज छुटको माग गर्दै उधोग बाणिज्य सघं कपिलवस्तुले सिठ्ठि -याली निकालेको छ । आज जिल्लाको बाणगंगा ४ नं. मा रहेका बैंक परिसरमा उधोग बाणिज्य सघंका पदाधिकारी सहित उधोगी ,व्यापारी लगायतले लकडाउनको व्याज छुट गर , लकडाउनको किस्ता मर्ज गर , कर्जा चुक्ताको लागी पुन तालिकीकरणको व्यवस्था गर लगायतका माग राख्दै पम्पेल्ट सहित सिठ् -याली गरेका थिए ।
उधोग बाणीज्य सघंका अध्यक्ष उमानाथ पौडेलले लकडाउनका कारण उधोग , व्यवसाय बन्द हुदाँ व्यवसायीलाई परेको मर्का कम गर्न बैकंले व्याज छुट गर्नुपर्ने बताउनुभयो । केहि दिन अघि एक प्रेस विज्ञप्ती जारी गर्दै व्याज छुटको माग राखेपनी सम्बन्धित निकायको ध्यान नपुगेका कारण -यालीको आयोजना गरेको र सुनुवाई नभए केन्द्र सगं समन्वय गर्ने पौडेलले बताउनुभयो ।
प्रतिक्रिया