ब्रेकिंग न्युज

काठमाडौँको आकाशमा पनि देखियो सलह किरा



काठमाडौं, १६ असार । शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा आज साँझ काठमाडौँको आकाशमा देखिएको छ । सलहको ठूलो हुल काठमाडौँका विभिन्न स्थानमा पूर्वबाट पश्चिमतिर गएको देखिएको थियो ।  करिब पाँच÷सात लाखको सङ्ख्यामा रहेको सलहको हुल स्वयम्भुमाथिबाट नागार्जुनको जङ्गलतिर बास बस्न गएको अनुमान गरिएको छ भने एक हुल ललितपुरतिर आएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिनुभयो । सलहको यो हुल रातभर बास बसेर पश्चिमतिर जाने अनुमान गरिएको छ ।

         सलहको यो हुल सिन्धुली र काभ्रेपलाञ्चोकतिरबाट आएको देखिन्छ । काठमाडौँमा आज देखिएको सलह केही दिनदेखि मकवानपुरमा रहेको सलहको ठूलो हुल हो वा नयाँ हो भन्ने यकिन आवश्यक अध्ययन गरी भोलि मात्रै भन्न सकिने उहाँले बताउनुभयो ।  मङ्गलबार पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह किरा पनि पश्चिमतिर सरेको अनुमान गरिएको छ । सलह किरा फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा ९चारदेखि आठ करोड सङ्ख्यामा० उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने किरा हो । यो किराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ ।

         प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पु¥याउँछ । यो किरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी नै हुन्छ । (रासस)

प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६