लुम्बिनी

लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर मेसिन सञ्चालनमा



बुटवल, १६ असार ।  बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर मेसिन जडान गरी आजदेखि सञ्चालनमा आएको छ ।  मेसिन जडान भएसँगै प्रदेश नं ५ मा कोरोनाको परीक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ ।  प्रदेश नं  ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मेसिनको शुभारम्भ गर्दै प्राविधिक रुपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने तथा अस्पतालका लागि चाहिने आवश्यक स्रोतसाधन सरकारले जुटाउने बताउनुभयो । 

        बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले कोरोना परीक्षण गर्न  अस्पतालको स्तरोन्नतिका लागि उपमहानगरपालिकाले हातेमालो गरेर अगाडि बढेको बताउनुभयो । प्रयोगशालाविज्ञ पुष्पराज खनालले प्रयोगशालामा राज्यको लगानी धेरै हुन नसकेको अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालले शुरु गरेकोे पिसिआर परीक्षणले कोरोनाको निदानमा सघाउ पु¥याउने विश्वास गर्नुभयो । अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले मेसिन जडान भएपछि अब कोरोना परीक्षण शुरु गरिने जानकारी दिनुभयो । 

        प्रादेशिक अस्पतालमा जडान गरिएको पिसिआर मेसिन रु एक करोड ३० लाखमा खरीदका लागि प्रदेश नं  ५ सरकारले रु ६० लाख सहयोग गरेको छ भने बाँकी अस्पताल विकास समितिले लगानी गरेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामीको परीक्षणका लागि  मेसिन नहुँदा चिकित्सक र अस्पतालमा कार्यरत कर्मचारी जोखिममा थिए । मेसिन जडानपछि बिरामीको पिसिआर परीक्षण गर्न सकिने र उपचारका लागि  ढुक्क होइन अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा राजेन्द्र खनालले बताउनुभयो ।

        अस्पतालमा जडान गरिएको मेसिनबाट अस्पतालमा उपचारका लागि आउने बिरामीको परीक्षणलाई पहिलो प्राथमिकता दिइने छ । यसका अलावा प्रदेश प्रयोगशालामा परीक्षण हुन बाँकी रहेका स्वाब परीक्षण गरिने डा खनालले बताउनुभयो । अस्पतालको सुधारका लागि प्रयोगशालालाई अत्याधुनिक र स्तरीय बनाउन आवश्यक रहेकाले सोही कार्यमा लागेको अस्पतालका अध्यक्ष भट्टराईले बताउनुभयो ।

        कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का जिल्ला सचिव निर्मल जिसी, नेपाली कांग्रेसका विमलराज भट्टराई, नेपाल पत्रकार महासङ्घ प्रदेश उपाध्यक्ष भरत केसीलगायतले प्रयोगशाला सञ्चालनले कोरोना परीक्षण थप प्रभावकारी हुने विश्वास गर्नुभयो । (रासस)

प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६