लुम्बिनी

भिक्षु सुपतद्वारा कपिलवस्तु अस्पताललाई ५० थान पि.पि.ई सेट सहित स्वास्थ्य सामाग्री प्रदान



कपिलवस्तु, १६ असार ।  रोयल थाई मोनाष्ट्री लुम्बिनीका प्रमुख भिक्षु सुपतले कपिलवस्तु अस्पतालमा कोरोना सम्बन्धी पिपिई सेट ५० थान, सेनिटाईजर, ग्लोब्स , मास्क लगायत सामाग्रीहरू हस्तान्तरण गर्नुभएको छ ।

        अस्पताललाई  उक्त स्वास्थ्य सामाग्री प्रदान गर्नका लागि लुम्बिनी विकास कोषका कार्यकारीणी सदस्य राजेश ज्ञवालीले समन्वय  गर्नु भएको थियो । कार्यक्रममा अस्पतालका व्यवस्थापक, डाक्टर लगायतको सहभागिता रहेको थियो । विगतमा पनि थाई मोनाष्ट्रीले आंखा शिविर लगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ। रोयल थाई मोनाष्ट्री लुम्बिनीले गरेको सहयोग प्रति कपिलवस्तु अस्पतालले धन्यवाद ज्ञापन गरेको छ । 

प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६