प्रदेश

सिद्धार्थ क्याम्पसकी अरुणा प्रदेशमा उत्कृष्ट



जीतपुर १६ असार सिद्धार्थ क्याम्पस वाणगंगाले प्रदेश ५ मै शिक्षा स्नातक तर्फ उत्कृष्ट स्थान हासिल गरेको छ ।  त्रिभुवन विश्वविद्यालयको शिक्षा संकाय तर्फको प्रथम वर्षको परीक्षामा सिद्धार्थ क्याम्पसले प्रदेश मै उत्कृष्ट नतीजा ल्याउन सफल भएको  हो । चप्परगाउ निवासी छात्रा अरुणा अर्यालले ६५.६७  प्रतिशत अंक  ल्याएर प्रदेशमै उत्कृष्ट हुनु भएको हो ।लामो प्रकृयागत कार्य सम्पन्न गर्दै  विश्व विद्यालय अनुदान आयोगले गत असार ५ गते सिद्धार्थ क्याम्पस वाणगंगालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण पत्र प्रदान गरेको थियो । 

     गत भदौमा भएको त्रिभुवन विश्व विद्यालयको परिक्षाको नतिजामा  शिक्षा संकाय तर्फ उत्कृष्ट नतिजा ल्याउन अर्याल सफल हुनु भएको हो । अर्यालको सफलताले सिद्धार्थ क्याम्पस वाणगंगाको विगतमा जस्तै यसवर्षको नतिजाले पनि निरन्तरता पाएको क्याम्पस प्रमुख खेमराज शर्माले प्रेसपाटीसंग वताउनु भयो ।विगतमा एक पटक शिक्षा तर्फ नै उक्त क्याम्पस नेपालकै टप भएको थियो । विगतको शैक्षिक गुणस्तरको नतिजालाई पुन प्रमाणित गर्दै क्याम्पसलाई थप उचाईमा पु¥याएको सिद्धार्थ क्याम्पसका प्रमुख खेमराज शर्माले बताउनुभयो । 

प्रकाशित : १६ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६