काठमाडौँ १७ असार । जम्मू कास्मिरको बारामुला जिल्लास्थित सपोपोर कस्बेमा भारतीय सुरक्षाकर्मीहरुमाथि विद्रोहीहरुले हमला गरेका छन् । यस घटनामा एक सैनिकको मृत्यु भयो भने तीनजना घाइते भए । जसमध्ये दुईको अवस्था नाजुक छ ।विद्रोहीहरुको फायरिङमा परेर एक सर्वसाधारणले ज्यान गुमाएका छन् । मृतक व्यक्तिका ३ वर्षका नाती गोली चल्दा उनीसँगै थिए । ती बालकलाई भने गोली लाग्नबाट सुरक्षाकर्मीले बचाएका छन् । अहिले यस क्षेत्रलाई सुरक्षाकर्मीले घेरा हालेका छन् । उनीहरुले आक्रमणकारीको खोजी गरिरहेका छन् ।
कास्मिरमा भारतीय सुरक्षाकर्मीमाथि ६ दिनमा भएको यो दोस्रो हमला हो । यसअघि शुक्रबार अनन्तनागको बिजबेहन्डामा सिआरपीएफको पार्टीमा आक्रमण भएको थियो । त्यस घटनामा पनि एक सैनिकसँग ५ वर्षका बच्चा मारिएका थिए । जम्मू–कास्मिरका डिजीपी दिलबाग सिंहका अनुसार यस वर्ष विभिन्न विद्राही संगठनका १ सय २८ जना मारिएका छन् । उनका अनुसार हिजबुल मुजाहिदिनका ७० जना, लस्कर ए तोयबा र जैश ए मोहम्मदका २०–२० जनाको मृत्यु भइसकेको छ । मृत्युवरण गर्ने बाँकी विद्रोही अन्य विभिन्न सङ्गठनमा आबद्ध थिए ।
प्रतिक्रिया