अर्थ-वाणिज्य

गरीब तथा विपन्न परिवारका लागि मुख्यमन्त्री कार्यक्रम सारथी बन्दै



प्युठान १७ असार ।  प्युठानको मल्लरानी गाउँपालिका वडा नं ४ भन्ज्याङकी सुजाता शाही १५ वर्ष पुग्नुभयो । गत २०७५ सालमा बुवाको मुत्यु भयो । बुबाको मृत्यु भएपछि २०७६ मा आपूmलाई जन्म दिएकी आमासमेत अर्कोसँंग विवाह गरेर जानुभयो । सुजाता, उहाँकी १६ वर्षीया दिदी सिर्जना  र १२ वर्षीया बहिनी अस्मिता सहाराविहीन हुनुभयो । तीनै दिदीबहिनी झुपडीमा त्रिपालले छाएर र बाँसले बारेर बस्दै आएका थिए ।   आर्थिक अवस्था कमजोर भएकाले घर मर्मत गर्न समेत नसकेको यो परिवारको सारथी मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम बनेको छ । 

                  कार्यक्रममार्फत तीन दिदीबहिनीको घर निर्माण भएको छ । ब्लकको गाह्रो लगाइएको दुईकोठे घर निर्माण गरिएको हो । कार्यक्रममार्फत रु ६० हजार आर्थिक सहयोगमा घर निर्माण भएको कार्यक्रमका सहजकर्ता हरि भण्डारीले बताउनुभयो । घर निर्माणमा ठूलीआमा तुल्सी केसीले रु २० हजार सहयोग गरेको सुजाताले बताउनुभयो । पुरानो छाप्रो भत्काएर पाँच दिनमा माहिला काका प्रदीपको सहायतामा घर निर्माण भएको उहाँ बताउनुहुन्छ । “पहिले छाप्रोबाट पानी चुहिन्थ्यो, बस्नलाई अप्ठेरो हुन्थ्यो”,सुजाताले भन्नुभयो,–“घर निर्माणपछि यो समस्या समाधान भएको छ ।” घर निर्माणसंँगै शौचालय समेत निर्माणका लागि उहाँको परिवारले माग गरेको छ । 

                मल्लरानी ३ मुन्डाँडाकी काली सार्कीको पनि अवस्था उस्तै हो । आर्थिक अवस्था कमजोर भएकी उहाँ लामो समयसम्म जीर्ण घरमा बस्नुभयो । नयाँ घर बनाउन नसक्दा वर्षात्मा पानी पर्दा चुहिने समस्या रहेको उहाँ सुनाउनुहुन्छ । उहाँको पनि नयाँ घर निर्माणमा कार्यक्रमले सहयोग गरेको हो ।  गाउँपालिकाको जस्तापाता र मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत रु ६० हजार आर्थिक सहयोगमा कालीको घर पुनःनिर्माण गरिएको हो । घर निर्माण गरिदिएकामा खुशी हुँदै अब पानी पर्दा पनि ढुक्कसंँग सुत्न पाइने उहाँले बताउनुभयो ।

             गाउँपालिकाका पाँच वडाभित्र आर्थिक अवस्था कमजोर भई असुरक्षित बसोबास गर्दै आएका गरीब तथा विपन्न घरपरिवारका लागि म्ुाख्यमन्त्री कार्यक्रमअन्तर्गत चालु आव २०७६÷०७७ मा  नयाँ र मर्मत गरी १९  घर निर्माण गरिएको छ । कार्यक्रममार्फत १०  नयाँ घर निर्माण गरिएको तथा नौ घर मर्मत गरिएको कार्यक्रम सहजकर्ता भण्डारीले बताउनुभयो । सोका लागि कार्यक्रममार्फत रु सात लाख विनियोजन गरिएको थियो ।

          लामो समयदेखि आर्थिक अवस्थाले गर्दा नयाँ घर निर्माण गर्न नसकेका र घर मर्मत समेत गर्न नसकेका व्यक्तिको परिवारका  लागि  सहयोग पुग्ने उद्देश्यले सा कार्यक्रममार्फत सम्बोधन गरिएको उपाध्यक्ष सरिता जिसीले बताउनुभयो । कार्यक्रममार्फत मल्लरानी गाउँपालिकाभित्र तरकारी खेतीका लागि विभिन्न ठाउँमा टनेल, प्राथमिक स्वास्थ्य केन्द्र खलङ्गा र  धरमपानी स्वास्थ्य चौकी चुजाँठाटीमा स्तनपान कक्ष, वडा २ चुजाँमा सिंचाइ कुलो, वडा नं ५ मा बालविकास केन्द्र निर्माणलगायत काम गरिएको सहजकर्ता भण्डारीले बताउनुभयो । 

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६