प्रदेश

श्रीमतीलाई सुराकी बनाई लाखौँ कुम्लाउदै सशस्त्रका डिएसपी शाही



कपिलवस्तु १७ असार  सशस्त्र प्रहरीका डिएसपी मान बहादुर शाहीले श्रीमतीको नाम सुराकीमा राखी लाखौँ रकम कुम्ल्याएका छन् । नेपालकै मुख्य नाका सशस्त्र प्रहरी ३८ नंं गुल्म डन्डा ९ सुनौली नाकाका प्रमुख शाहीले ठुलो रकमको अवैध समान पक्राउ गर्दा पत्नीलाई सुराकी बनाएका छन् । रुपन्देहीमा गत पुसमा खसी बोका पक्राउ गर्दा शाहीले पत्नी अम्भिका कुमारी चन्दको नाम सुराकीमा राखेका थिए । चन्द कैलाली घर भई हाल काठमाण्डौमा बसोबास गर्दछिन् ।  प्राप्त प्रमाणमा शाहीले श्रीमतीको नाम राखी एउटै घटनामा २ लाख ७० हजार कुम्ल्याएका हुन ।


    रुपन्देहीको खैरेनीबाट पुस १ गते सशस्त्र प्रहरीले ६ सय ७८ थान खसी बोका बरामद गरेको थियो । सशस्त्र प्रहरी निरीक्षक विजय थापाको कमान्डमा गएको टोलीले खसी बोका बरामद गरेको थियो । ती खसी बोका कपिलवस्तुको बिजयनगर गाउँपालिकाको सीमा हुँदै नेपाल भित्रिएको थियो । सशस्त्र प्रहरीको प्रदेश नं ५ मुख्यालय चन्द्रौटा क्षेत्र हुँदै तस्करले ट्रकमा ढुवानी गरी खसी बोका काठमाडौँ लैजान लागेका थिए । बरामद भएको खसी बोकालाई वेलहिया भन्सार कार्यालयले लिलाम गरेको थियो ।


    डिएसपी शाही ईन्सपेन्टर विजय थापा र केशवराज भट्टराई सहित २३ जनाले जनही २२ हजार ५ सयका दरले पुरस्कार स्वरूप रकम पाएका थिए । डिएसपी शाहीले सुराकीमा पत्नीको नाम राखी लिलाम भएको रकमको ३०५ रकम असुल गरेका थिए ।डिएसपी शाहीले ठुला ठुला चोरी पैठारीमा पत्नीको नाम सुराकीमा राखेको नाम नखुलाउने सर्तमा स्रोतले बताएको छ । गुल्मले कार्तिक २६ गते , कार्तिक २९ गते , मशिंर २२ गते र पुस १८ गते ठुलो परिमाणमा अवैध सामान बरामद गरेको थियो । मुद्दा नं १९४, १९७, ६३२, ६३९ मा समेत नक्कली सुराकी राखिएको बताइएको छ ।

     यता भन्सार छली पक्राउ गरेको केसमा सुराकीको नाम गोप्य हुने र सार्वजनिक गर्न नमिल्ने भएकोले नक्कली सुराकी खडा गर्न सजिलो बनेको छ । अवैध सामाग्री पक्राउ पछि लिलाम भएको मूल्यको ३०५ रकम सुराकीको नाममा पुरस्कार जाने गर्दछ ।यता डिएसपी शाहीले एक्लै रकम कुम्ल्याउन लागे पछि गुल्ममै हङ्गामा मच्चिएको थियो । गत वैशाख ८ गते यही केस र रासनको केसलाई लिएर हात हालाहाल समेत भएको थियो । गुल्ममा कार्यरत २ इन्स्पेक्टर दयाराम शर्मा , केशव भट्टराई र डिएसपी शाही बिच हात हालाहाल भएको थियो । विवाद सञ्चार माध्यममा आए पछि सशस्त्र प्रहरीको हेड क्वाटरले छानबिन समेत गरेको थियो । कुटपिट भएको घटना सञ्चार माध्यम बाहिर ल्याए पनि अधिकृतले पत्नी सुराकी गरी रकम कुम्ल्याएको घटना बाहिर आएको थिएन ।

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६