खेलकुद

थापाको अध्यक्षतमा जिल्ला फुटवल संघको तदर्थ समिति गठन



कपिलवस्तु १७ असार  तिलक थापाको अध्यक्षतमा कपिलवस्तमा जिल्ला फुटवल सघंको तदर्थ समिति गठन गरिएको छ । बाणगां नगरपालिको जितपुरमा भएको भेलामा थापालाई अध्यक्षको जिम्मेवारी दिएको हो । उपाध्यक्षमा दिनेश सेन, रविन्द्र सेन र सरोज डफाली, सचिवमा गोविन्द प्रसाद आर्चाय रहेका छन ।  सदस्यहरुमा पंकज सेन, प्रेम राना, दुुर्गा थापा, रमेश मल्ल, झविन्द्र मल्ल, प्रदिप थापा, मैना कुमार थापा, राज कुमार श्रेष्ठ रहेका छन । कार्यक्रमसो अवसरमाा जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक नारायण खनाललले गठन भएको समितिले जिल्लामा फुटवल खेलको बिकासमा मद्दत मिल्ने बिश्वास ब्यक्त गरे । 

        बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, अखिल नेपाल फुटवल सघंका उप महासचिव तथा जिल्ला प्रतिनिधि प्रकाश पंगेनी, केन्दिय  सदस्य तथा जिल्ला प्रतिनिधि कुमार केसी, वडा नः १ का वडा अध्यक्ष बाल कुमारी अधिकारी , वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री र जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख मिन प्रसाद पोखरेल लगायतले फुटवल लगायतका खेलकुदको विकासमा लगानी गर्नु पर्नेमा जोड दिए । 

        कार्यक्रम पछि बसेको तदर्थ समितिको पहिलो बैठकले महासचिवमा ईश्वर थापा, कोषाध्यक्ष गणेश बहादुर सिंह ठकुरी सदस्यहरुमा राजन अर्याल र केशव थापालाई मनोनित गरेको छ । अध्यक्ष थापाले आफूले फुटवल खेलको विकासमा सकृयरुपमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । 

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६