कपिलवस्तु १७ असार ।कपिलवसतु नगरपालिका वडा नम्बर ३ ले कोरोना विपदमा बनाईएको क्वारेन्टाईन लगायतमा भएको खर्च सार्बजनिक गरेको छ । वडाध्यक्ष प्रकाश गैरेको अध्यक्षतमा तौलिहवा स्थित वडा कार्यालयमा बसेका वडा बैठकले सो खर्च पारित गरी पत्रकार सम्मलेन मार्फत सार्वजनिक गरेको हो । बिभिन्न १३ शीर्षकमा कुल ४ लाख १९ हजार खर्च भएको बिवरण सार्वजनिक गरिएको हो ।
हात धुने र कपडा धुने साबुन, सेसिटाईजर, मास्क मेडीकेटेड, सिलिङ पंखा, बल्ब एलईडी, होल्डर, ४० बाई ३० को तार, केबल तार , ब्यानर र छपाई, राजन शुभ सप्लायर्स, राजन टेन्ट हाउस बेड बिस्तरामा गरी सो खर्च भएको बडाध्यक्ष गैरेले बताए ।
प्रतिक्रिया