लुम्बिनी

रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनको अध्यक्षमा पौडेल



कपिलवस्तु, १७ असार । युवा व्यवसायी नरेश पौडेल रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनकोको अध्यक्षमा चयन हुनु भएको छ । क्लबको आइ.पि.पि.मा बिरेन्द्र खाँण, इलेक्ट प्रेसिडेन्टमा नन्दकिशोर शुक्ला, प्रेसिडेन्ट नोमिनीमा विष्णु प्रसाद अर्याल, भ्वाइस प्रेसिडेन्ट फस्टमा गिरिराज पौडेल, भ्वाइस प्रेसिडेन्ट सेकेण्डमा मित्रलाल कँडेल, भ्वाइस प्रेसिडेन्ट तर्डमा विष्णुमाया श्रेष्ठ, भ्वाइस प्रेसिडेन्ट चौथामा कृष्ण प्रसाद भट्टराई रहनु भएको छ ।  त्यस्तै सचिवमा नारायण पाण्डे, कोषाध्यक्षमा बद्री प्रसाद काफ्ले लगायत गरी २५ सदस्यीय २०२०/२०२१ का लागि नयाँ कार्यसमिति चयन भएको हो ।

        अध्यक्ष नरेश पौडलले रोटरी क्लबले शिक्षा, स्वास्थ्य, सरफाई, जनचेतना मूलक कार्य गर्ने बताउनुभयो । एक वर्षे कार्यकालका लागि पौडेल अध्यक्षमा चयन हुनु भएको हो ।यही असार २६ गते विशेष कार्यक्रमका बीच अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरिने क्लबले जनाएको छ । क्लबका आइ.पि.पि. बिरेन्द्र खाँणले कपिलवस्तु जिल्लामा समाज सेवामा सक्रिय रोटरीले आगामी दिनमा सामाजिक कार्यमा व्यापक लाग्ने बताउनुभयो ।

        क्लबका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले कपिलवस्तुमा सामाजिक कार्य गर्ने उद्देश्यले क्लब स्थापना गरिएको र क्लबले जिल्लामा क्लबको आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो ।

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६