बिजनेस

रोपाइ सक्ने मेसोमा कपिलवस्तुका थारु समुदाय



कपिलवस्तु १७ असार ।कपिलवस्तुका थारु समुदायमा यती बेला धान रोप्ने चटारो छ । वर्ष भरीलाई पुराउने खाद्यान्नको लागी उनीहरू अहिले रोपाइमा व्यस्त छन् । चर्को गर्मीको मौसममा पनि उनीहरू निरन्तर काममा खटिएका छन् । गर्मी छल्न छतरी ९ बास र पात राखेर बनाएको छाता ० ओढेर खेतमा काम गरी रहेका छन् ।

धान रोप्नका लागी धेरै युवाहरू मुगलानबाट जन्म भूमि आएका छन् । १४ दिनको क्वारेनटाइन पछि युवाहरू घर पुगेका छन् । एक हप्ता देखी उनीहरू धान रोप्न, बीउ काढ्न व्यस्त देखिन्छन् । महिलाहरू धान रोप्छन् पुरुष हलो जोत्छन् बाकी काम सबै मिलेर गर्छन् ।


सबैलाई चाडै सक्ने हतार रहेको छ । रोपाई सकिने दिन उनीहरू ‘शख्लाहारा ’ मनाउँछन् । शख्लाहाराको दिन हिलो खेल्ने , हरेरी गीत गाउने र साँझ खेरिया कर्कलोको एक परिकार० तथा माछा मासुको पिरो परिकार सँग मदिरा पान गर्दछन् ।

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६