लुम्बिनी

शत्रु जीव सलहले दुई दिनदेखि दाङमा बालीनाली नष्ट गर्दै



दाङ, १७ असार । दाङमा मङ्गलबार मध्याह्न भित्रिएको सलहले जिल्लाका सयौंँ हेक्टर जमीनको अन्न बाली नष्ट पारिदिएको छ । कृषि ज्ञान केन्द्र दाङका अनुसार सलहले आज साँझसम्म  जिल्लाका दशै पालिकामा लगाइएको बालीमा नोक्सान पु¥याउने क्रम जारी राखेको  छ । 

        केन्द्रका प्रमुख सन्देश धितालका अनुसार विशेष गरी मकै र तरकारी बालीमा सलहले नोक्सानी पु¥याएको छ ।  सलह घोराही र  तुलसीपुर उपमहानगरपालिका तथा बङ्गलाचुली, राप्ती, गढवा, दंगिशरण, बबई, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेसम्म बसिरहेको छ ।  सलहलाई स्थानीयवासीले भगाउने प्रयास गरे पनि ठूलो सङ्ख्यामा आएकाले नसकिएको उहाँले बताउनुभयो ।

        उहाँका अनुसार सलहले अहिलेसम्म करीब सात सय हेक्टर जमीनमा लगाइएको बालीनाली नष्ट पारेको प्रारम्भिक जानकारी आए पनि पूर्ण विवरण भने आउन बाँकी रहेको हुँदा नोक्सानीको दर अझै बढ्न सक्ने छ । (रासस)

प्रकाशित : १७ असार २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६