काठमाडौँ, १८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा( का नेता केशव बडालले केपी ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाए पार्टी बिघटन हुने बताउनु भएको छ । आज बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता बडालले अोलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउनु लाखौँ कार्यकर्ताको भावना बिपरित हुने बताउनु भएको छ ।
उहाँले आगामी महाधिबेशनसम्म पार्टी अध्यक्ष र आगामी आम निर्वाचन अगाडीसम्म प्रधानमन्त्री पदमा ओली रहिरहने बताउनुभयो ।उहाले समस्याको समाधान के हो भन्ने पनि स्पष्ट पार्नु भएको छ । दुईपार्टी एक हुदाका वखत भएका सहमति क्रमश कार्यान्वयन गर्ने र दुई अध्यक्ष बीच शक्ति वाँडफाँड गर्ने गरी सहमति खोज्नु पर्ने वताउनु भएको छ ।
प्रतिक्रिया