ब्रेकिंग न्युज

घाँटीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका ४५ दिने संक्रमित शिशुको मृत्यु



काठमाडौं, १८ असार । कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनको बुधबार साँझ मृत्यु भएको अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिएका छन् । घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको शल्यक्रिया अघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना संकलन गरी पठाइएको छ । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया ट्रयाक्टेस्टोमी गरेका थिए ।

प्रकाशित : १८ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६