प्रदेश

एकतालाई जोगाउन शिर्षतहमा कपिलवस्तुको अपिल



कपिलवस्तु १८ असार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी वैठकमा उत्पन्न धारणाहरुबाट श्रृजित परिस्थिति उपर सिंगो पार्टी पक्ति र आम नागरिक सबैको गंभीर ध्यानाकर्षण भएको भन्दै पार्टी एकतालाई जोगाउन नेकपा कपिलवस्तुले  अपिल गरेको छ । टुट, फुट र विभाजनको पिडाबाट गुज्रिएको नेपाली कम्युनिष्ट आन्दोलनलाई मुलभुत रुपमा एकीकृत गरी राष्ट्र र जनताको आशा र भरोसाको केन्द्रको रुपमा स्थापित भइसकेको विशाल पार्टीको नेतृत्व तहमा आएको वर्तमान कलह र विग्रहले सबैको मन कुडिएको जारी विज्ञप्तीमा जनाइएको छ  ।


नेपाल र नेपालीको एक मात्र भरोसाको केन्द्र बनेको नेकपा भित्र जनता तथा सम्पूर्ण पार्टी पंक्तिले  एकमना एकता खोजेको छ । तसर्थ शीर्ष तहमा रहनुहुने  नेताहरुले  यो मर्म र भावनालाई मनन गरि  पार्टी एकतालाई जोगाई राख्न अपिल गर्दछौं जारी विज्ञप्तीमा भनिएको छ । संयुक्त विज्ञप्तीमा   केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज गिरधारीलाल न्यौपाने , केन्द्रिय सदस्य एवम् जिल्ला सहइन्चार्ज बिमला घिमिरे   , जिल्ला अध्यक्ष झविलाल पोख्रेल ,  सचिव रामचन्द्र शाहको हस्ताक्षर रहेको छ । 

प्रकाशित : १८ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६