ब्रेकिंग न्युज

कपिलवस्तु कोरोना मुक्त हुने चरणमा,९० प्रतिशत निको आइशोलेशन रित्तिदै



कपिलवस्तु १९ असार । रेड जोनबाट हटेको कपिलस्तुका आईसोलेशन रित्तिदै गएका छन । सरकारले नया निर्देशिका जारी गरे पछि जिल्लाका आइसोलेशन रित्तिदै गएका हुन । जिल्ला स्वास्थ्य कार्यालय अनुसार कपिलवस्तुमा शु्क्रवार सम्म आईसोलेशनमा ७९ जना मात्र संक्रमति छन । 

    कुल संक्रमित ७ सय ४४ मध्ये ६ सय ६४ जना घर फर्की सकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो संख्या कुल संक्रमितको १० प्रतिशत भन्दा न्यून हो । तसर्थ ९० प्रतिशत निको भएको यसवाट पुष्टिहुन्छ । गत जेठ २४ गते सरकारले नया निर्देशिका जारी गर्दै १४ दिन आइसोलेशनमा बसेको संक्रमितमा कुनै लक्षण नदेखिए घर जान दिने प्रावधान बनाएको थियो । 

    त्यस यता जिल्लामा भेटिएका संक्रमितहरुलाई धमाधम बिना पिसिआर जाच घर पठाईएको हो । जिल्लाका १० पालिका मध्ये तीन पालिकामा सबै संक्रमित घर फर्किसकेका छन । यशोधरा र मायादेबी गाउपालिका तथा महाराजगंज नगरपालिकामा भेटिएको सबै संक्रमित घर फर्कि सकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यशोधरामा जिल्ला कै सबै भन्दा बढी १ सय ६८, महाराजगंजमा १ सय २२ तथा मायादेबीमा ७५ जा संक्रमति भेटिएका थिए । 

    अहिले ती पालिकाका आइसोलेशन खाली छन । कृष्णनगरमा एक जना सुद्धोदन र बुद्धुभुमीमा दुई दु्ई जना मात्र संक्रमित छन । बाणगंगामा ३०,बिजयनगरमा १४, कपिलवस्तु नगरपालिकामा २३, शिवराजमा ७ जना संक्रमित छन । 

जनजीवन सामान्य बन्दै :

    कारोना भाईरस संक्रमितको संख्या बढेर त्रसित बनेका कपिलस्तुबासी अहिले भने निस्फर्की बनेका छन । कोरोना संक्रमितको संख्या निरन्तर घटनु र भेटिएको संक्रमतिहरु मध्ये कसैलाई पनि केही नहनुले पनि जिल्लामा अहिले कोरोनाको त्रास हटेको छ । सार्वजनिक बस र बिद्यालय बाहेक जिल्लामा सबै संचालन भएका  छन । 

    जिल्लाको बजारहरुमा पहिले जस्तै भीडभाडड बढेको छ । बैक बित्तिय सस्थाहरु खुलेका छन । यहा सम्मकी सर्वसाधाराणहरु मास्क समेत लगाउन छाडेका छन । जिल्लामा कोरोनालाई अहिले सामान्य रुपमा लिइएको छ । भेटिएका संक्रमितहरुलाई केही नभएको र यसले केही पनि असर नगर्ने  बु्झाई भएकाले अहिले जिल्लामा कोरानाबाट डराउन छाडेको अधिकारकर्मी रबि ठाकुर बताउछन । 

     बिदेशबाट आएकाहरुलाई क्वारेन्टीनमा नराखी सिधै घर होम क्वारेण्टाइन पठाउने गरिएको उनले बताए । ‘ कोरोनाले पछि के असर गर्दछ त्यो थाहा छैन तर अहिले जिल्लामा कोरोनासंग डराउन  छाडेका छन । जिल्लामा ८ हजार २२४ जनाको स्बाव संकलन गरिएकोमा अब केवल १ सय ८६ जनाको नतिजा आउन बाकी छ । 

प्रकाशित : १९ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६