दाङ २० असार । प्रदेश सरकारले दाङको लमहीमा सुविधा सम्पन्न अन्तराष्ट्रिय मापदण्डको अत्याधुनिक ट्रमा सेन्टर बनाउने योजना बजेट मार्फत अघि सारेको छ । आर्थिक बर्ष २०७७/००७८ को लागि पाँच करोड बजेट विनियोजन गरेपछि लमहीमा आधुनिक सेन्टर बन्ने निश्चित भएको हो । सवारी साधन चलेको बेलामा राजमार्गमा हरेक दिनजस्तो दुर्घटना भईरहन्छ । दुर्घटनामा परेर मानिसहरु घाईते हुन्छन् ।
उपचारको लागि लमही अस्पताल पु¥याईन्छ । प्राथमिक उपचार गरेर त्यहाँबाट नेपालगञ्ज या बुटवल पठाउने गरिन्छ ।बुटवल या नेपालगञ्ज यात्राको क्रममा घाईतेले एम्बुलेन्समा प्राण गुमाउने गर्छन् । उपचारको अभावमा राजमार्गमा हुने सवारी दुर्घटनामा परेका घाईतेले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता छ । राजमार्गमा हुने सवारी दुर्घटनालगायत अन्य दुर्घटनामा परेर घाईते हुनेहरुको उपचारको लागि लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर बनाउने कार्य सुरु हुन थालेको छ ।
बहुवर्षीय टेण्डर मार्फत लमहीमा सुविधा सम्पन्न अत्याधुनिक ट्रमा सेन्टर बनाइने प्रदेश सभा सदस्य रेवतीरमण शर्माले जानकारी दिए । ‘यहाँ ट्रमा सेन्टर आवश्यक छ भनेर धेरै पटकका छलफल र बहसमा कुरा उठाईयो । प्रदेश सरकारले प्राथमिकता साथ लमहीमा ट्रमा सेन्टर बनाउने योजनालाई समेटेको छ’–शर्माले भने–‘लमही देखि पूर्व वुटवल र पश्चिममा कोहलपुर सम्मको भू–भागमा कति कतै सुविधा सम्पन्न अस्पताल नहुदा यहाँका नागरिकले उपचारको लागि निकै सास्ती खेप्नु प¥यो । अब उपचारको लागि सास्ती खेप्नु पर्ने छैन् । बिरामी रेफर होइन, डाक्टर चार्टर गरेर ट्रमा सेन्टरमा ल्याइने छ ।’४० करोडको लागतमा ट्रमा सेन्टर निर्माण हुने स्टिमेट तयार गरिएको छ ।
बहुवर्षीय ठेक्का मार्फत तीन बर्ष भित्र काम सक्नेगरी योजना अघि बढेको शहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवले जानकारी दिए ।ट्रमा सेन्टरको मुख्य भवन, आकस्मिक भवन, थेरापी भवन क्यान्टिन तथा ब्लडबैंक लगायत अन्य पूर्वाधार बनाइने छ । अहिले ट्रमा सेन्टरको फाईल प्रदेश योजना आयोग हुँदै मन्त्रालयमा पुगेको छ ।पूर्व पश्चिम राजमार्ग र लमही अस्पतालको बीच भागमा ट्रमा सेन्टर निर्माण गरिने छ । उद्यमशिल सहकारी संस्थाको कार्यालय रहेको स्थानमा ट्रमा सेन्टर बन्ने र सहकारी संस्थाको कार्यालय सञ्चालनको लागि स्थानीय सरकारले अन्यत्र व्यवस्थापन गर्ने भएको हो ।
प्रतिक्रिया