लुम्बिनी

निजी विद्यालयका शिक्षक तलब माग्दै सडकमा



बाँके, २० असार । निजी विद्यालयमा कार्यरत शिक्षकले आफूले पाउनुपर्ने तलब माग गर्दै नेपालगन्जमा प्रदर्शन थालेका छन्। लकडाउन सुरु भएदेखि तलब नपाएको भन्दै शिक्षकहरुले सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक  निजी विद्यालयबाट पाउनुपर्ने माग गर्दै सडक आन्दोलन सुरु गरेका हुन् । 

        विद्यालयमा कार्यरत मजदुरलाई मासिक रुपमा दिँदै आएको पारिश्रमिक सम्बन्धित कार्यालय वा संस्थाले दिनुपर्ने निर्णय सरकारले गरेको बताउँदै इस्टु बाँकेका अध्यक्ष गमबहादुर डाङ्गरले पारिश्रमिक नपाउँदा शिक्षकहरुलाई समस्या भएकाले आन्दोलन गर्नुपरेको बताउनुभाये । विद्यालयबाट पारिश्रमिक नपाउँदा शिक्षकको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको छ ।

        संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)को नेतृत्वमा सडकमा उत्रिएका शिक्षकले लकडाउन अवधिमा समेत विद्यालयको काम गरे पनि सरकारले घोषणा गरे अनुसारको पारिश्रमिक नपाएको गुनासो गरेका छन्।  बाँकेमा १०२ वटा निजी तथा आवासीय विद्यालय सञ्चालनमा छन्। यी विद्यालयमा झण्डै सात हजारजना शिक्षक कार्यरत छन् । लकडाउन भएपछि बाँकेका कुनै पनि विद्यालयले शिक्षकलाई पारिश्रमिक दिएका छैनन । सरकारको निर्णयलाई अटेर गरेर निजी विद्यालयले पारिश्रमिक नदिए बाध्य भएर सशक्त आन्दोलनमा उत्रिनु पर्ने निजी विद्यालयमा कार्यरत शिक्षकले बताएका छन् ।

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६