अर्थ-वाणिज्य

स्थानीय पूर्वाधारवाट आइसियू र भेण्टीलेटर :सांसद गुप्ताको निर्णयको कपिलवस्तुमा स्वागत



तौलिहवा २० असार कपिलवस्तुको तौलिहवामा आइसियू सहितको अस्पत्ताल बनाउन श्रोत जुटेको छ । क्षेत्र नं २ का सांसद बृजेश कुमार गुप्ताले १ करोड ४७ लाख दिने निर्णय भएपछि यस्तो अवस्था आएको हो । उहाले स्थानीय पुर्बाधार साझेदारी कार्यक्रमबाट जिल्ला अस्पताल तौलिहवामा आईसियू र भेण्टीलेटर सुविधाकालागि उक्त रकम विनियोजन गर्नु भएको हो । स्थानीय पुर्बाधार साझेदारी कार्यक्रमबाट जिल्ला अस्पतालमा आइसियू र भेण्टीलेटरका लागि उक्त रकम विनियोजन गरेको सांसद गुप्ताले प्रेसपाटीलाई  जानकारी दिनु भयो ।

        उहाले विभिन्न विकास पूर्वाधारमा यसअघि विनियोजन गरेको वजेट लकडाउनका कारण खर्च हुन नसकिरहेका वखत पुन स्थानीय पुर्बाधार साझेदारी कार्यक्रम  समन्वय समितिको बैठक राखि श्रोत साधनको नयाँ बाडफाड गर्नु भएको हो । जसबाट जिल्ला अस्पतालमा यस प्रकारको सुविधा उपलब्ध हुने भएपछि अब कपिलवस्तुबासीहरु बिरामी भएर बुटवल भैरहवामा अइसियू खाली छैन भनेर अन्त जानु नपर्ने स्थानीय जनप्रतिनिधी सुदिप पौडेलले वताउनु भयो ।

    कोभिड रोकथाम,उपचार र नियन्त्रणको लागि  क्षेत्र नं २ का चारै वटा स्थानीय तहलाई १५/१५ लाख दिने निर्णय समेत भएको सांसद गुप्ताले बताउनु भयो । असार १४ मा स्थानीय पूर्वाधार समन्वय समितिको बैठक बसी सर्बसहमत रुपमा उक्त रकम विनियोजन भएको उहाकोभनाइछ । समितिमा संघ तर्फका समानुपातिक सांसद, प्रदेश सांसद र स्थानीय तहक प्रमुख सदस्य रहने ब्यवस्था छ ।

     यता सांसद गुप्ताको पहलमा स्थानीय पूर्वाधार कोषको रकम कोभिडको विरुद्धमा लगाउने र आइसियू र भेण्टीलेटर सहितको अस्पत्ताल बनाउने निर्णय अत्यन्तै स्वागत योग्य रहेको तौलिहवा उद्योग बाािणज्यसंघका अध्यक्ष गयादिन कुर्मी (दिपु)ले बताउनु भयो । यता नागरिक अगुवा एवम अधिबक्ता अब्दुल रउफले सांसदले तौलिहवावासी र समग्र कपिलवस्तुका जनताकोलागि परोपकार योग्य काम गरेको भन्दै जति सह्राना गरेपनि अपुग हुने औल्याउनु भयो । 

प्रकाशित : २० असार २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६