काठमाडौं २१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा दृढतापुर्वक उभिन मन्त्रीहरुलाई निर्देशन दिएका छन। अपरान्ह सितल निवासमा राष्ट्रपति बिद्यादेवी भण्डारीसंग भेट गरेर फर्केका प्रधानमन्त्री ओलीले पार्टीको एकता संकटमा परेको बताउदै पार्टी एकताको पक्षमा दृढता पुर्वक उभिएर पार्टीलाई बचाउन मन्त्रीहरु लाई निर्देशन दिएकोमा मन्त्रीपरिषदका एक सदस्यले बताए ।राष्ट्रपतिलाई भेटेर फर्केका प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर त्यस्तो निर्देशन दिएका हुन ।
म पार्टी एकताको पक्षमा छु , मलाई घेराबन्दीमा पार्ने काम भई रहेको छ तर म अन्तिम सम्म एकताको मर्म र भावना बिपरित हुन दिन्न तपाईहरुपनि त्यसरीनै लाग्नुहोस प्रधानमन्त्रीको भनाइ उदृत गर्दै ती मन्त्रीले भने । पार्टीको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको दुवै पदबाट राजिनामा मागेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको नेकपाको ठिक एकबर्ष अघिको एकता संकटमा परेको छ ।
प्रधानमन्त्री सितल निवासबाट फर्केसंगै प्रधानमन्त्रीले कुनै अप्रत्याशित निर्णय लिन सक्ने आशंकाका बिच अर्का अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बरिस्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायतको बैठक बसेको थियो । सो बैठकले पार्टी एकतालाई जसरी पनि बचाई राख्न पहल गर्ने निर्णय गरेकोछ ।
प्रतिक्रिया