बुटवल २१ असार । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा प्रदेश ५ मा ३ सय ८० जनाले आफुले आफैलाई मारेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
चैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० रहेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । यसरी आफुले आफुलाई मार्नेमा गाउँका २ सय ६६ जना तथा शहरका १ सय १४ रहेका छन् । लकडाउन शुरु भएयता १ सय ७८ जना कृषक, ७४ जना गृहिणी, ३७ जना ज्याला मजदुरी गर्ने श्रमिक तथा ३६ जना बेरोजगार रहेको प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनु भयो ।
प्रतिक्रिया