कंचनपुर, २१ असार । कञ्चनपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । पुनर्वास नगरपालिका–५ मा शनिबार राति धारिलो हतियार प्रहार गरी स्थानीय ५० वर्षीय गोपाल कुँवरको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार हत्यामा संलग्नको पहिचान भइसकेको छ ।
प्रहरीका अनुसार घटनामा संलग्न देखिएका गौरव खड्का फरार छन्, खोजी भइरहेको छ । सामान्य विवादमा कुँवरको हत्या भएको स्थानीयले बताएका छन् । घटनाको विषयमा सूक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया