ब्रेकिंग न्युज

प्रदेशभरका क्वारेण्टइन रित्तिदै ,होम क्वारेण्टाइन प्रभावकारी बन्दै



रुपन्देही २१ असार प्रदेश नं ५ मा व्यवस्थित क्वारेन्टाइन विस्तारै खाली हुँदै गएका छन । यस अघि प्रदेशका जिल्लामा ४५ हजारसम्म क्वारेन्टाइनमा बसेका थिए । ती संख्या अहिले घटेर ९ हजार ६ सयमा झरेको छ । भारतबाट आउनेलाई घरमै व्यवस्थापन गर्ने निर्देशनपछि क्वारेन्टाइन खाली हुदै गएका हुन् । अहिले रहेका क्वारेन्टाइन असुरक्षित छन । बाढी, पहिरोको जोखिमका साथै सर्पदंशको खतरा रहेको छ । गुल्मीको इश्मामा क्वारेन्टाइन नै पहिरोले बगाएको छ । इम्मा गाउँपालिका दोहली डाढको कालिका निम्नमाध्यमिक विद्यालय पहिरोले भत्काएपछि त्यहाँ बसेका पाँच जना घर पठाइएका छन । 

        यता ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ भोेजभगवानपुरस्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनमा २५ वर्षका युवाको ज्यान गयो । बिहान साढे ५ बजेतिर पखाला लागेका युवाको समयमै औषधि मूलो नहुँदा उनको ज्यान गएको थियो । विद्यालयको चार वटा कोठामा ६० जनालाई राखिएको थियो । गत २६ जेठमा जानकी गाउँपालिका–१ बढैयाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका सुन्दरलाल काँदुलाई गोमन सर्पले टोक्यो । उनलाई झन्डै १२ घण्टापछि मात्र भेरी अस्पताल नेपालगन्जमा उपचारका लागि पठाइएको  थियो । पीसीआरबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आइसकेकाले उनी सोही दिन अस्पताल र क्वारेन्टाइनबाट डिस्चार्ज भएर घर गएका थिए। 

प्रकाशित : २१ असार २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६