एजेन्सी, २२ असार । पछिल्लो समयमा भारतमा कोरोना संक्रमित बढ्दै गएपछि कोरोना भाइरसबाट अति प्रभावित देशहरुको सूचीमा तेस्रो नम्बरमा उक्लिएको छ। पछिल्लो २४ घण्टामा करिब २५ हजार नयाँ संक्रमित थपिएसँगै रसियालाई उछिन्दै भारत तेस्रो स्थानमा परेको हो । भारतमा कुल संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ। रसियामा संक्रमितको संख्या ६ लाख ८१ हजार २५१ छ।
विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित अमेरिकामा २९ लाख ८२ हजार ९२८ रहेको छ त्यस्तै दोस्रो ब्राजिलमा १६ लाख ४ हजार ५८५ संक्रमित रहेका छन् छन्। भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ । त्यस्तै ४ लाख २४ हजार ८९१ जनाले भारतमा कोरोना संक्रमण जिति सकेका छन् ।
विश्भर कोरोना संक्रमितको संख्या १ करोड १५ लाख ५६ हजार ६४१ पुगेको छ भने विश्वभर ५ लाख ३६ हजार ७७६ जनाको मृत्यु भईसकेको छ । विश्व भर ६५ लाख ३४ हजार ८५१ जनाले कोरोना भाइरस जिति सकेका छन् ।
प्रतिक्रिया