प्रदेश

उधोग बाणिज्य सघंको निर्णय व्यवसायी र उपभोक्ताको हितमा



कपिलवस्तु २२ असार । बाणगंगा नगरपालीका भित्रका बजार साप्ताहिक रुपमा मगंलवार बन्द हुदै आएकोमा अब भने तिहारसम्म बन्द नहुने भएका छन् । कपिलवस्तु उद्योग बाणिज्य संघले साप्ताहिक रुपमा बन्द हुदैँ आएका जिल्लाका व्यापार,व्यवसायका पसलहरु अब तिहारसम्म  बन्द नगर्ने निर्णय गरेको हो  । कोरोनाको प्रभावका कारण तिन महिनासम्म बन्द भएका व्यवसायीलाई राहत प्रदान गर्न यस्तो निर्णय गरिएको उधोग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो  । यो निर्णय भोली मंगलबार असार २३ बाट नै लागु हुने पौडेलको भनाई छ । ब्यवसायी र ग्राहकको चाहाना अनुसार संघले निर्णय गरेको उहाँले बताउनु भयो ।

                            कोरोना महामारीको संक्रमण दर कम नभएकाले लापरबाही नगर्न अनुरोध गर्दै क्रेता र विक्रेता दुवैलाई अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्न, मास्क, सेनेटाइजर प्रयोग गर्न गर्नुका साथै समय समयमा साबुन पानीले हात धुन बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुषालले अनुरोध गर्नुभएको छ । बन्दाबन्दीका कारण समस्या झेलीरहेका व्यवसायीलाई बैंकंको ब्याजमा २ प्रतिशत छुट दिने निर्णय भएको पनि भुषालले प्रेसपाटीलाई जानकारी दिनुभयो । सघंको उक्त निर्णय व्यवसायी र उपभोक्ताको हितमा भएको कक्षपति सप्लायर्सका सञ्चालक सन्देश कक्षपतिको भनाई छ ।                        

प्रकाशित : २२ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६