ब्रेकिंग न्युज

लक्ष्मणघाट बोलबम धाममा जलार्पण यात्रा यस वर्ष नहुने



कपिलवस्तु २२ असार ।कपिलबस्तुको बाणगंगा नगरपालिका–६ स्थित लक्ष्मणघाट शिव ज्योर्तिलिङ्ग बोलबम धाममा यसवर्ष जलार्पण यात्रा स्थगन भएको छ । लक्ष्मणघाट बोलबम धाम विकास समितीको बैठकले श्रावणी जलार्पण यात्रा तथा बोलबम मेलाका कार्यक्रम कोरोना भाईरस कोभिड १९ का कारण स्थगन गरिएको जानकारी दिएको हो । समितीका अध्यक्ष रणबहादुर काउचाको अध्यक्षतामा बसेको बैठकले यो वर्षको श्रावणी मेला कोरोना भाइरसको कारण स्थगित गर्ने निर्णय गरेको हो ।

                 अध्यक्ष काउचाले मन्दिरमा जलार्पण र दर्शन गर्ने व्यवस्था गर्न नसकेका भन्दै भक्तजनप्रति पर्न गएको असुविधाप्रति क्षमा माग्नु भएको छ । साथै कोरोना भाईरबाट आफु पनि बच्न र अरुलाई पनि बचाउन  तीर्थालु भक्तजनहरुलाई  आ आफ्नै घरमा शिव आराधना गरि शिव पुजा गर्न सचिव प्रकाश भुषालले अनुरोध गर्नुभयो । लक्ष्मणघाटमा परापुर्व काल  देखि नै श्रावणी जलार्पण यात्रा तथा बोलबम मेला संचालन हुदै आईहरेको थियो । लक्ष्मणघाटको जल नेपालका विभिन्न जिल्लामा रहेका शिव मन्दीरमा जलार्पण गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । यहा नेपाल लगाएत भारतको उत्तर प्रदेश, विहार, उत्तराखण्ड लगायतका स्थानबाट भक्तजन बोलबम धाममा आउने गरेका थिए । 

प्रकाशित : २२ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६