प्रदेश

मन्त्री केसीले बोले सफेद झुट ,भाषण एकातिर र काम अर्कैतिर



बुटवल, २२ असार । प्रदेश ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले सफेद झुट बोलेका छन् । मन्त्री भएको ३ वर्ष सम्म प्रदेशका संचार माध्यमलाई विनियोजन गरेको सम्पूर्ण बजेट फ्रिज गराएर संचार माध्यम प्रति गैर जिम्मेवार ब्यवहार गरेका मन्त्री केसीले प्रदेश भित्रका संचार माध्यम र पत्रकारकालागि सरकारले कुनै कन्जुस्याई नगर्ने दावि गरे । उनले यति सम्म भन्न भ्याए कुनै पनि पत्रकारले अभाव र पीडा खप्नु पर्दैन । संचार मन्त्री समेत मानिने मन्त्री केसीले बोलेको सफेद झुट खेद जनक रहेको एलाइन्स फर कम्युनिटी मिडियाको भनाइछ ।

        यता उनले सरकार दुर्घटनामा नपर्ने दावी गरेकाछन्  ।   मन्त्री केसीले अहिलेको हल्लाले पार्टी र सरकार दुवै दुर्घटनामा नपर्ने दावी गर्दै पार्टीलाई अझै एकताबद्ध भएर अघि बढाउन सहयोग पुग्ने बताए । रिपोर्टर्स क्लव प्रदेश ५ को दोस्रो स्थापना दिवसका अवसरमा सोमवार आयोजना गरिएको स्मारिका विमोचन कार्यक्रममा बोल्दै मन्त्री केसीले संघीय सरकारले  सरकार दुर्घटनामा परे त्यसको घाटा कसलाई हुन्छ भन्ने जोड घटाउ गर्नुपर्ने बताए । मन्त्री केसीले अहिलेको अवस्थामा सरकार कमजोर भए लोकतन्त्र कमजोर हुने भएकाले देश, जनता र लोकतन्त्रको भविष्यका विषयमा सोच्नुपर्ने बताए ।  प्राकृतिक विपत्तीसंगै अहिले राष्ट्रिय एकता आवश्यक रहेको मन्त्री केसीको भनाई छ । 

        कोरोनाका कारण सञ्चार क्षेत्र आर्थिकरुपले संकटमा परेको प्रदेश सरकारलाई थाहा भएको उल्लेख गर्दै पत्रकारहरुलाई भोकै मोर्न नदिने मन्त्री केसीले प्रतिवद्वता जनाए भएका श्रोत साधन फ्रिज गर्ने तर लाचार अभिब्यक्ति दिने मन्त्री केसीको यो भनाई आफैमा हास्यास्पद छ  । प्रदेश ५ मा ठूलाठूला मिडिया हाउस बन्नुपर्छ भन्ने सरकारको सोंच रहेको बताउंदै मन्त्री केसीले मिडियालाई जवाफदेही बनाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाए । 

        कोरोना रोकथाम तथा नियन्त्रणका लागि राज्यले ठूलो लगानी गरेको बताउंदै उनले कोरोना महामारी रोक्न सरकार र अन्य सबै पक्षको साझा दायित्व रहेको बताए । सरकारले आह्वान गरेर, कफ्र्यू लगाएर कोराना महामारी नरोकिने भएकाले सबै क्षेत्रको सहयोग र प्रतिवद्वता आवश्यक रहेको मन्त्रीको भनाइ छ ।अहिलेको प्रमुख आवश्यकता प्राकृतिक विपत्तीबाट मानव जातिको संरक्षण गर्नुपर्ने भएकाले अन्य पक्ष गौण रहेको मन्त्री केसीले औल्याए । 

        कार्यक्रममा नेपाली कांगे्रस प्रदेश संसदीय दलकी सचेतक निर्मला क्षत्रीले समाजमा सुशासन कायम गर्न र कोरोना महामारीको अन्त्यका लागि सन्चार क्षेत्रहरुको काँधमा ठूलो जिम्मेवारी थपिएको बताइन  । अहिले सरकार विकास निर्माण कार्यमा भन्दा जनताको जीवन रक्षा र रोजगारको बाताबरण सिर्जना गर्नेतर्फ बढी केन्द्रित हुन क्षेत्रीले जोड दिए  । प्रदेश सांसद कृष्ण न्यौपानेले समाजमा सुशासन कायम गर्न,  भ्रष्टाचारको अन्त्य गर्न र कोरोना भाइरस नियन्त्रणका लागि सबैबीच सहकार्य र एकता हुनुपर्ने बताए । 

        अर्का प्रदेश सांसद सन्तोष पाण्डेले सबैको सकारात्मक सोंचबाट कोरोना महामारीको अन्त्य गर्न सकिने र सुशासन कायम गर्न सकिने तर्क गरे । पत्रकार महासंघ प्रदेश पांचका उपाध्यक्ष भरत केसीले राज्यले मिडियालाई सम्बोधन गर्नै पर्ने वताउदै गफले चिउरा नभिज्ने तर्क गरे । विज्ञापन नीति नहुंदा यहाँका मिडिया समस्या परेकाले विज्ञापन नीति बनाउन सरकारलाई दवाव दिनुपर्ने केसीको धारणा छ । रिपोर्टर्स क्लवका प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र तेजेन्द्र केसीको सञ्चालनमा भएको कार्यक्रममा बुटवल धागो कारखानामा रहेको कोरोना आईसोलेसन अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापा र पत्रकार दीपेन्द्र वडुवाललाई सम्मान गरिएको थियो ।

प्रकाशित : २२ असार २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६