ब्रेकिंग न्युज

अनलाईन कक्षाहरु वन्द गर्न माग ,एक बेञ्च एक विद्यार्थीको व्यवस्थापन आवश्यक



रुपन्देही २३ असार । अनलाईन कक्षाहरुमा सवै विद्यार्थीको पहुँच नपुग्दा शिक्षामा विभेद भएको भन्दै लुम्विनी नन एकेडेमिक इन्स्टिच्यूट एशोसिएसनले अनलाईन कक्षाहरु वन्द गर्न माग गरेको छ ।औपचारिक शिक्षा प्रदान गर्ने स्कुल कलेजहरुले हाल सञ्चालन गर्दै आएका अनलाईन तथा प्रत्यक्ष कक्षाहरुमा सवै विद्यार्थीको पहुँच नपुगेको एक अध्ययनले देखिएको भन्दै त्यस्ता कक्षाहरु तुरुन्त बन्द गर्न एशोसिएसनले माग गरेको हो । एशोसिएसनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य सावधानी अपनाएर भएपनि एक बेञ्च एक विद्यार्थीको व्यवस्थापन अनुसार अध्ययन अध्यापन गर्न गराउन माग गर्दै ज्ञापनपत्रमार्फत अनुरोध समेत गरेको छ ।

        प्रदेश अध्यक्ष निलम अधिकारी नेतृत्वको टोलीले लकडाउन र कोरोना त्रासबाट इन्ष्टिच्यूटहरु चार महिनादेखि बन्द भएको भन्दै घरभाडा मिनाह, कर मिनाह र छात्रबृत्ति अक्षयकोष निर्माण गर्नुपर्ने माग सहितको ७ बुँदे ज्ञापनपत्र मन्त्री बराललाई बुझाएको हो । एशोसिएसनका सचिव प्रितम भुसालले शिक्षा क्षेत्रमा टेवा पु¥यउने इन्ष्टिच्यूटहरुलाई सरकारले वेवास्ता गरेको भन्दै औपचारिक शिक्षा प्रदान गर्ने विद्यालय कलेजलाई हेर्ने दृष्टिकोण अनुसार नै इन्ष्टिच्युटलाई पनि हेर्नुपर्ने बताउनुभयो ।

        यसैगरी इन्नरब्हिल क्लब अफ बुटवलले नयाँगाउँ माविकी कक्षा ९ की सीता कुमाल, कक्षा ५ की मन्जु कुमाललाई तथा नवीन औधोगिक माविकी कक्षा ९ की मिना मगरलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ  । क्लबकी पूर्व अध्यक्ष भारती जोशीले छोरा सम्राटको स्मृतिमा स्थापना गरेको अक्षयकोषबाट अपाङ्गता भएका विद्यार्थीहरुलाई सहयोग गर्ने बताउनु भएको छ । यसैगरी न्यू होराईजन माविमार्फत उद्योगी ज्ञानेन्द्र कसजुले क्लबलाई गरिब विपन्न परिवारका छात्र छात्राहरुलाई आर्थिक सहयोगका लागि अक्षयकोष स्थापना गर्न २ लाख ५० हजार सहयोग गर्नुभएको छ । 

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६