जीवनशैली

४ जिल्ला कोरोना मुक्त , कपिलवस्तु छिटटै मुक्त हुनेमा प्रजिअ पौडेल ढुक्क



कपिलवस्तु  २३ असार  नेपालका चार जिल्ला कोरोना मुक्त भएका छन् । तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा देखिएका सबै सङ्क्रमित निको भएर घर फर्किएसँगै यी जिल्लामा कोरोना सङ्क्रमित छैनन् । चार जिल्ला कोरोनामुक्त भएपछि ७४ जिल्लामा सङ्क्रमण रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यता कपिलवस्तुका आइशोलेशनमा ५० जना संक्रमित छन् भने क्वारेण्टाइनमा ३सय पचास जना छन् । आइशोलेशनमा रहेका मध्ये १० महिला र ४० पुरुष रहेका छन् । कुल संक्रमित ७४७ मध्ये  ६ सय ९६ जना संक्रमण मुक्त भएर घर फिर्ता भएको वताउदै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले छिटटै कपिलवस्तु जिल्ला पनि कोरोना मुक्त हुने वताउनु भयो । 

        संक्रमित मध्ये बाणगंगाामा सबै भन्दा धेरैछन्् । यहा १९ जना आइशोलेशनमा छन् । बिजयनगरमा १३ जना आइशोलेशनमा छन् । कपिलवस्तु नगरपलिका र बुद्धभूमी नगरपालिकामा ४/४ जना संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनु भयो ।  यता  नेपालमा कोरोना सङ्क्रमित थपिने सङ्ख्या क्रमशः घट्दै गएको छ । पछिल्लो पाँच दिनमा कोरोना पुष्टि हुनेको सङ्ख्या निरन्तर घटिरहेको र यो खुसीको कुरा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार असार १९ गते सात सय ४० जना सङ्क्रमित थपिएकोमा २० गते दुई सय ३२ जना, २१ गते  दुई सय ९३ जना, २२ गते एक सय ८० जना र आज दुई सय चार जनामा मात्रै कोरोना भेटिएको छ । 

        यस्तै पछिल्लो पाँच दिनमा आइसोलेशनबाट घर फर्कनेको सङ्ख्या पनि बढिरहेको छ । गएको शुक्रबार देशभरका क्वरेण्टीनमा नौ हजार ८४ जना आइसोलेशनमा रहेकोमा मंगलवार सम्म आठ हजार ६ सय ३४ जना रहेका छन् । यस्तै चार जिल्ला कोरोनामुक्त भएका छन् । यसैविच नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप दुई सय चार जनामा कोरोना पुष्टि भएको छ । विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा दुई सय चार जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या १६ हजार एक सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६