ब्रेकिंग न्युज

कपिलवस्तु प्रशासनको ४ बुदे निर्देशन ,मास्कबिना हिडे ठाँउको ठाँउ नियन्त्रण



कपिलवस्तु २३ असार  मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देसित गरेसंगै कपिलवस्तु प्रशासनले यस्तो निर्देशन जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलद्धारा हस्ताक्षरीत जरुरी निर्देशनमा भनिएको छ घर वाहिर काम विना ननिस्कने,निस्कदा मास्क अनिवार्य लगाउने, २ मिटरको दुरी कायम गर्ने तोकिएका अन्य मापदण्ड निसर्त पालना गर्ने गराउने काम कडाईका साथ हुने छ ।

    यता प्रहरी प्रधान कार्यालयलाई गृहले कडा  निर्देशन दिएको छ । अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो । कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारले बताएको छ । लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको अधिकारीले बताउनु भयो । वैज्ञानिकहरुले हावाका कणमा पनि कोरोना भाइरस रहेको र त्यसबाट मानिस संक्रमित भइरहेको बताएका छन्। 

    हावामा कोरोनाको जीवाणु रहेको प्रमाण वैज्ञानिकहरुले प्राप्त गरेको समाचार न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ।महामारीको जीवाणु हावामै रहेको पुष्टि भएकाले वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई महामारीसँग सम्बन्धित निर्देशन र सतर्कता विधि बदल्न आग्रह गरेका छन्। वैज्ञानिकहरुले यसबारे जानकारी लिन र गम्भीर हुन डब्ल्यूएचओलाई पत्र नै लेखेका छन्। यो पत्र आगामी साता साइन्स जर्नलमा प्रकाशित गर्ने भनिएको छ।

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६