पर्यटन

बुटवलका ७ होटल क्वारेण्टाइन ,एक दिनको कति तिर्नु पर्ला ?



रुपन्देही २३ असार । बिदेशवाट आएका नागरिकलाई सेवा दिन  बुटवलका ७ वटा होटल क्वारेन्टिनका रुपमा सञ्चालनमा आएका छन् । बुटवल उपमहानगरपालिकाले कालिकापथको नमबुद्ध होटल, नयाँ बसपार्कको विशाल होटल र हिल्सन होटल, ट्राफिकचोकको नन्दन होटल र डिलाइट होटल, गोलपार्कको न्यु सनराइज होटल, लक्ष्मीनगरको बीटीआइ गेष्टहाउसले पाहुनासँग शुल्क लिएर क्वारेन्टिनको रुपमा होटल सञ्चालन गरेका छन् ।क्वारेन्टाइन राखिएका होटलमा विदेशबाट घर फर्केका नेपालीहरुले बस्न पाउने छन् ।

        यही असार ३ गते बुटवल उपमहानगरले सुचना जारी गरी क्वारेन्टिनका रुपमा पाहुना राख्नको लागि प्रस्ताव पेश गर्न होटल व्यवसायीहरुलाई आह्वान गरेको थियो ।सूचना अनुसार ७ वटा होटल व्यवसायीले इच्छा व्यक्त गरेको र सात वटैलाई होटललाई क्वारेन्टिन राख्न अनुमति दिएको बुटवल उपमहानगरका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहले जानकारी दिए । होटल व्यवसायीले ननएसी कोठामा १२ सयदेखि १७ सय सम्म र एसी कोठामा १३ सय ५० देखि २२ सय रुपैया सम्म प्रति दिन शुल्क तिर्नुपर्ने हुन्छ ।ननएसीमा १७ सय तिर्नेले खान र बस्ने दुबै पाउने छन् । एसीकोठामा २३ सय रुपैयामा खाने बस्ने सुविधा छ । क्वारेन्टिनको रुपमा होटल सञ्चालन गरेपछि सकभर खुल्ला रुपमा पाहुना राख्न पाइने छैन ।

        ‘तर आउने जाने बाटो फरक छ र जोखिमपूर्ण व्यवहार हुँदैन भने राख्न सक्नुहुन्छ ।’ उपमहानगरका जनस्वास्थ्य अधिकृत कुन्दन कुमार सिंहले भने ‘क्वारेन्टिन राखेका होटल व्यवसायीहरुले नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्दछ ।’क्वारेन्टिनको रुपमा रहेको नमोबुद्ध होटलमा अहिले ८ जना पहुना छन् । उनीहरुलाई नगरपालिकाले तोकेको भन्दा सहुलियत दरमा राखेको नमोबुद्धका सञ्चालक बाबुराम अर्यालले बताए ।‘१५ सय रुपैयामा कोठासहित २ छाक खाना हलुका नास्ता उपलब्ध गराएको छु ।’ उनले भने ‘नगरपालिकाले तोकेको भन्दा सस्तो दरमा दिएका हौं । सामाजिक दायित्वको हिसाबले केही पैसा हामीलाई पनि होस् बस्नेलाई पनि मर्का नपरोस भनेर सहुलियत गरेको हो ।’आफ्ना २ होटल मध्ये नमोबुद्धमा क्वारेन्टिन राखेपनि अर्को नमोबुद्ध इन्टरनेश्नलमा भने नराखेको अर्यालले बताए ।

        सनराइजमा ३ जना र विशाल होटलमा एक जना पाहुना क्वारेन्टिनको रुपमा बसेका छन् ।विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण र लकडाउनको कारण यतिबेला होटल व्यवसाय ठप्प छ । क्वारेन्टिनमा पाहुना राख्दा नगन्य मात्र फाइदा हुने होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुद्र जिसीले बताए । ‘मापदण्ड अनुसार दिँदा फाइदा धेरै हुँदैन । त्यसरी बस्ने पाहुना पनि निकै कम छन् ।’ उनले भने ‘होटल व्यवसाय त निकै धरासायी भएको छ । पहिलेको तुलनामा ५ सयमा २ जना पनि पाहुना छैनन् ।’

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६