अर्थ-वाणिज्य

कोरोना प्रभावित बुटवलका किसानलाई आर्थिक प्रोत्साहन



बुटवल, २३ असार ।  कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित किसानलाई बुटवल उपमहानगरपालिकाले प्रोत्साहनसहित आर्थिक सहयोग प्रदान गरेको छ । उपमहानगरपालिकाले आफूले घोषणा गरेको कार्यक्रमानुसार नगरका ५८  किसान र  दुई सहकारीलाई नगद अनुदान प्रदान गरेको हो ।   नगर प्रमुख  शिवराज सुवेदी,  उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मालगायतले छनोट भएका किसानलाई आज राहत रकम प्रदान गर्नुभयो ।

        सो अवसरमा नगर प्रमुख सुवेदीले किसानलाई कुनै पनि प्रकोपबाट प्रभावित हुन नदिनका लागि नगरपालिकाले आफ्नो योजनानुसार सहयोग गरेको बताउनुभयो । कृषि पेशालाई आकर्षण र व्यावसायिक बनाउन बुटवलले दीर्घकालीन महत्वका किसान लक्षित कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।

     उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीका अनुसार छनोट भएका किसानलाई कार्य प्रगतिअनुसार रु १५ हजारदेखि रु २० हजार तथा सहकारीलाई रु एक लाख र रु एक लाख ४० हजार अनुदान गरी कुल रु ११ लाख ४० हजार अनुदान प्रदान गरिएको हो । अनुदान पाउनेमा सिम्रिक कृषि सहकारी संस्था लिमिटेड र आदर्श कृषि सहकारी संस्था लिमिटेड छन् । तिनै सहकारीसँगको सहकार्यमा  उपमहानगरपालिकाले किसानलाई फसल धितो राखेर अनुदान दिंँदै आएको छ । सहकारीलाई  बोरासहितको छपाइ मेसिन र सीड ड्रिल मेसिन खरीदका  लागि अनुदान प्रदान गरिएको हो । 

     कोभिड–१९ विशेष कृषि कार्यक्रमका लागि बीउ उत्पादक समूह वा सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत  अनुदान प्रदान गरिएको कृषि विकास शाखा प्रमुख जिसीको भनाइ छ ।  उपमहानगरपालिकाले नगरका कृषकलाई आवश्यक बीउ, मल, औजारलगायतमा सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । (रासस)

प्रकाशित : २३ असार २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६