एजेन्सी, २४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले अन्ततः हावाबाट पनि कोरोना भाइरस सर्ने कुरा स्वीकार गरेको छ । यसअघि नै विश्वका विभिन्न ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गर्ने र त्यसमा डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्ने बताउँदा त्यसलाई अस्वीकार गरेको डब्ल्युएचओले अहिले भने हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण फेला पारेको बताउँदै उक्त तथ्यालाई स्वीकार गरेको हो ।
यसअघि डब्ल्युएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताउँदै आएको थियो । डब्ल्युएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिएको प्रमाण भेटिएको र यसको अध्ययन अहिले पनि जारी रहेको बताएकी छन् ।
सार्वजनिक स्थान, विशेष गरी भीड़भाड़ भएको स्थान, कम हावा भएको र बन्द कोठामा हावा को माध्यमबाट वायरस फैलने आशंकालाई इनकार गर्न सकिदैन र अहिले त्यस्ता प्रमाणहरुलाई एकत्रित गर्ने काम गरिरहेको डब्लुएचओले जनाएको । डब्लुएचओले कोरोनाको भाइरस रोकथाम गर्न ठूलो स्तरमा रोकथामको उपायको आवश्यकता रहेको यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताएको छ ।
प्रतिक्रिया