अर्थ-वाणिज्य

सरकारका हातमा नतिजा ,किसानका हातमा नगद :मेयर अधिकारी



अर्घाखाँची  २५ असार । शितगंगाका दुग्ध उत्पादक किसानले स्थानीय सरकारवाट नगद राहत पाएका छन् । पशुपालन क्षेत्रलाई  प्रोत्साहन गर्न  २५ जना किसानलाइ प्रतिलिटर २ रुपैयाको दरले ३७ हजार लिटर दुधको अनुदान रकम दिइएको छ । वडा कार्यालयले स्थानीय शीतगंगा दूग्ध विकास बिmक्री वितरण सहकारीसित सहकार्य गरेर सहकारी मार्फत कृषकलाई नगरले अनुदान उपलब्ध गराएको छ ।अनुदान उपलब्ध गराउदै नगर प्रमुख  सूर्यप्रसाद अधिकारीले कृषिकर्मबाट नगरवासीलाई स्वरोजगार बनाउन उत्पादनमा आधारित अनुदानको व्यवस्था प्रभावकारी हुने वताउनु भयो ।

        उहाले राज्यवाट अनुदान लिने तर नतिजा नआउने काम अव नहुने भन्दै नतिजा देखाउनुस प्रतिफल पाउनुस भन्ने तहमा सरकार पुगेको वताउनु भयो । उहाले  किसानले उत्पादन गरेको आधारमा अनुदान दिइएको प्रष्टयाउनु भयो । पशुपालनमा राम्रो संभावना भएकोले सबै कृषकलाई गाई भैसी पाल्न लगाएर दूध उत्पादन गरेर स्वरोजगार बनाउने काम भैरहेको अधिकारीले  दावि गर्नु भयो  । अहिले उत्पादन भएको दूध शीतगंगाको बजारमै खपत भएको छ । अब कपिलवस्तुका बजारमा पठाउने गरी उत्पादनलाई वृद्धि गर्ने योजना उहाले सुनाउनु भयो ।

            नगरको वडा १२ का २५ जना दूध उत्पादन गर्ने किसानलाई अनुदान दिइएको छ ।  वडा नं १२ को रजियामा दूध संकलन गरिन्छ । दैनिक १ सय ३० लिटर संकलन हुन्छ । सहकारीबाट ठाडा, अमराई, चक्ला लगायतका बजारमा दूध बिक्री हुन्छ । सबै किसानलाई सहकारीमा आवद्ध बनाएर अनुदान दिइने वडाअध्यक्ष बाबुराम गैरेले स्पष्ट पार्नु भयो । यसबाट दूध उत्पादनमा वृद्धि भएको उहाले बताउनु भयो  । उत्पादनका आधारमा अनुदान पाएपछि कृषकमा खुसीयाली छाएको छ । किसान दूध उत्पादन बढाउने दौडमा छन् । यस वर्ष २५ जना किसानको भकारो सुधार पनि गरिएको गैरेले बताउनु भयो  । दूध उत्पादन गर्ने किसान धेरै छन् । सबैलाई सहकारीमा आबद्ध गराएर थप अनुदान दिइनेछ  उहाले  भन्नु भयो ।

        रजियाकी नुमकला पोखरेलले दैनिक १८ लिटर दूध रजियाका संकलन केन्द्रमा बिक्री गर्नु हुन्छ  । विहीबार नगरपालिका प्रमुख सुर्यप्रसाद अधिकारीको हातबाट अनुदान पाएपछि उनी हर्षित हुदै  आगामी दिनमा दूध धेरै उत्पादन गर्ने बताउनु भयो  । मैले अब धेरै गाइभैसी पालेर दूध बेच्छु, उहाले भन्नु भयो ।

प्रकाशित : २५ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६