एजेन्सी, २५ असार । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमणले पछिल्लो २४ घण्टामा थप ४९१ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा मृत्यु हुनेको संख्या २१ हजार १४४ पुगेको छ ।पछिल्लो २४ घण्टामा भारतमा २५ हजार ५७१ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७ लाख ६९ हजार ५२ पुगेको छ ।
संक्रमितको सूचीमा भारत विश्वमै तेस्रो राष्ट्र हो भने एसियामा सबैभन्दा धेरै हो । संक्रमितमध्ये ४ लाख ७६ हजार ५५४ जना निको भएका छन् । भारतले लकडाउनमा खुकुलो पारेसँगै त्यहाँ संक्रमिहरु बढ्दै गएका छन् ।
प्रतिक्रिया