अर्थ-वाणिज्य

सरकारको उपहार :सहकारीलाई अत्याधुनिक घाँस काट्ने मेसिन प्रदान



कपिलवस्तु २५ असार  वाणगंगा दुग्ध उत्पादन सहकारी संस्था लिमिटेड बोड्गाँउलाई सरकारले अत्याधुनिक घाँस काट्ने मेसिन प्रदान गरेको छ । प्रदेश सरकारको  कृषि भूमि ब्यवस्था तथा सहकारी मन्त्रालयको सिफारीसमा    अनुदान स्वरुप संस्थालाई  १० लाख रकम बराबरकोे मेसिन प्रदान गरेको हो । नेपाल सरकार कृषि तथा सहकारी मन्त्रालय मातहतको नेपाल लाईफ स्टक सेक्टर इनोभेसन  इकाई बुटवलले  सहकारी  संस्थालाई उक्त मेसिन दिएको हो ।

         नेपाल लाईफ स्टक सेक्टर इन्नोभेसन परियोजनाका योजना अनुगमन अधिकृत डा लोकराज भुषालले सोही घाँस काट्ने मेसिन प्रदेशमा पहिलो पटक रुपन्देही , दाङ र कपिलवस्तु गरी ३ जिल्लामा सञ्चालनमा ल्याएको बताउदै यसबाट कृषकले छोटो समयमा  धेरै फाईदा लिन सक्ने  बताउनु भयो । दुग्ध उत्पादक सहकारी सस्ंथाका अध्यक्ष राधेश्याम न्यौपानेले सरकारी परियोजनाले मेसिन दिएपछि सहकारीलाई महत्वपूर्ण सुविधा थपिएको वताउनु भयो ।

        कार्यक्रममा परियोजनाका योजना अधिकृत डा खिमानन्द खनाल, संस्थाका व्यवस्थापक केशव कुवर  बुद्धिजिवी, युवा कृषकहरु लगाएतले  मेसिन प्रदान भएपछि काममा धेरै सहजता हुने विश्वास प्रकट गर्नु भयो । 

प्रकाशित : २५ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६