ब्रेकिंग न्युज

शिवराजमा पढाईको नयाँ तरीका ,बार अनुसारका कक्षा, फिभरगन राख्न अभिभावको माग



कपिलवस्तु २५ असार   । शिवराजको शिक्षा  पढाईमा नयाँ तरीका ,बार अनुसारका कक्षा हुने गरी आंशिक रुपमा संचालनमा आएको छ  । जस अनुसार पहिलो चरणमा केहि विद्यालयवाट पठन पाठन शुरु भएको छ । यसको प्रभावकारीता हेरेर अन्यमा समेत संचालनमा आउनेछ ।   कोरोना संक्रमणका कारण पठनपाठन हुन नसकेको बेलामा  शिवराज नगरपालिकाका दुई विद्यालयले विहिबारदेखि नयाँ ब्यवस्था लागु गरि  पठनपाठन सुरु गरेका हुन् ।

        आदर्श मावि पिपरी र समयथान मावि खरेन्द्ररपुरले विद्यार्थी र अभिभावकलाई केही बन्देजमा राखेर सामाजिक दुरी कायम गरी पठन पाठन सुरु गरेको प्रेसपाटीलाई  जानकारी दिएका  छन् । कक्षामा सेनेटाइजर  ब्यवस्थापन  गरि सकेका छन् । कक्षा कोठालाई केहिदिन विराएर निर्मलीकरण गर्ने भएका छन् । विद्यालयमा आउँदा मास्क लगाएर आउनु पर्ने, बाटोमा आउँदा र विद्यालयमा कोहीसंग छोइन नहुने, विद्यालयले तोकेको बेन्चमा बस्नु पर्ने, साबुन पानीले हात धुनुपर्ने लगायतका प्रावधान  विद्यार्थीहरुले पालना गर्नु पर्ने छ ।

        यस्तै बालबालिकालाई रुघाखोकी लागेमा या ज्वरो आएमा विद्यालय नपठाउन र अनिवार्य रुपमा मास्कको ब्यवस्था गरिदिन अनुरोध गर्दै  पठनपाठन सुरु गरिएको विद्यालयले जनाएका छन् । यता अभिभावकले विद्यालयले ज्वरो नाप्ने मेसिन राख्नु पर्ने र दिनहु तापक्रम लिनु पर्ने माग गरेका छन् । चेम्वर अफ कमर्शका अध्यक्ष महादेव पोख्रेलले स्थानीय तहले विद्यालयलाई ज्वरो मापन गर्ने फिभरगन दिदा अझै प्रभावकारीता आउने वताउनु भयो । 

प्रकाशित : २५ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६