अर्थ-वाणिज्य

कपिलवस्तुमा सयको मास्क तिन सयमा बिक्री ,दुई पसलमा छापा



कपिलवस्तु २६असार कपिलवस्तुको चन्दौटा बजारमा सयको मास्कलाई तिन सयमा बेचे पछि प्रशासनले छापा हानेको छ । सरकारले मास्क अनिवार्य गरे पछि शिवराज नगरपालिका चन्द्रौटामा रहेको गुलशन मेडिकल हल र नीरज मेडिकलले महँगो मूल्यमा मास्क विक्री गरेका थिए । गुलसन मेडिकलले सय रुपैया पर्ने मास्कलाई ३ सय र नीरज मेडिकलले २ सय मा बिक्री गरेका थिए ।

बजार आउने सर्वसाधारणलाई प्रशासनले मास्क लगाउन कडाइ गरे पछि नागरिकहरू मास्क किन्न औषधी पसल पुगेका थिए । बढी रकम लिए पछि प्रशासनमा आज लिखित उजुरी परेको थियो । शिवराज नगरपालिका वडा नं. ५ का स्थानीयले उजुरी दिए पछि साँझ ५ बजे अनुगमन गरिएको थियो । पसलमा रहेका के एन ९५ र सर्जिकल मास्क जफत गरिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख सूर्य बहादुर खत्रीले बताउनु भयो ।

प्रकाशित : २५ असार २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६